काठमाडाैं- भारतकाे चर्चित कार्यक्रम ‘बालिका बधु’ मा हजुरआमाको भूमिका निभाएकी अभिनेत्री सुरेखा सीकरीको निधन भएको छ।
सुरेखाको शुक्रबार बिहान हृदयघातका कारण ७५ वर्षकाे उमेरमा निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिइन्।
सन् २०२० मा सरेखालाई दोस्रोपटक ब्रेन स्ट्रोक भएको थियो। यसभन्दा अगाडि २०१८मा पक्षाघातको स्ट्रोक हुँदा उनी ह्विलचेयरमा थिइन्।
सुरेखाले सहायक अभिनेत्रीको रूपमा तीन राष्ट्रीय पुरस्कार जितेकी थिइन्।
उनी १९८८मा फिल्म ‘तमस’ र १९९५मा ‘मम्मो’ र ‘बधाई हो’को लागि उत्कृष्ट सहयोगी अभिनेत्रीको सम्मान पाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।