काठमाडाैं- मुम्बई प्रहरीले टी सिरिज कम्पनीका प्रबन्ध निर्देशक भूषण कुमारविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेको छ।
भूषण टी सिरिजका संस्थापक गुलशन कुमारका छोरा हुन्।
भूषणविरुद्ध अन्धेरी (पश्चिम) क्षेत्रमा अवस्थित डीएन नगर प्रहरी स्टेशनमा मुद्दा दर्ता भएको थियाे। भूषणले ३० वर्षेीया महिलालाई टी- सिरिजमा काम गर्ने प्रलोभनमा बलात्कार गरेको आरोप लगाइएको छ।
ती महिलाका अनुसार भूषणले विगत तीन बर्षदेखि उनलाई यौन दुर्व्यवहार गरिरहेका थिए।
प्रहरीका अनुसार भूषणविरुद्ध आईपीसीको धारा ३७६ (बलात्कार), ४२० (ठगी) र ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
भूषणमाथि यसभन्दा पहिले पनि त्यस्ता आरोप लगिसकेकाे छ। मिटू आन्दोलनको क्रममा मोडेल मारिना कँवरले भूषणले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।
टी सिरिज सुपर क्यासेट इन्डस्ट्रीजको प्रमुख संगीत ब्रान्ड हो। जुन गुलशन कुमारले स्थापना गरेका थिए। जसलाई क्यासेट किंगसमेत भनेर चिनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।