काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ बढाइएको हो।
अन्तर्राष्ट्रिय स्वचालित मूल्य अनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ। पछिल्लो समय लगातार इन्धनको मूल्य बढिरहेको छ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १ सय १३ रुपैयाँ तथा डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ।
यसअघि पेट्रोल प्रतिलिटर एक सय १० तथा डिजेल र मट्टितेल ९२ रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।