दोहा, कतार- खोप लिइसकेका यात्रुका लागि कतार खुला भएपश्चात् डिस्कभर कतारले कतार एयरवेज होलिडेजसँग सहकार्य गर्दै साथीभाइ तथा परिवारसँग कतारमा भेट गर्न गइरहेका अन्तर्राष्ट्रिय यात्रुहरूका निम्ति एक विशेष प्याकेज ल्याएको छ।
प्रवेशका लागि अनिवार्य सर्तको रूपमा कतार सरकारले सबै पर्यटकको आगमनसँगै होटल बुकिङ पनि भएको हुनुपर्ने जनाएको थियो। यस आवश्यकताको पूर्तिका लागि सहयोग पुर्याउन कतार एयरवेज हलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकहरूको परिवार र साथीभाइसँगको अनुभव बढाउने उद्देश्यले होटलहरूमा विशेष छुटका साथ विशेष योजना प्रदान गर्ने जनाएको छ।
‘फ्यामेली एण्ड फ्रेन्ड्स प्याकेज प्रतिव्यक्ति एक हजार ७२१ कतारी रियालदेखि सुरू हुन्छ, र हिल्टन दोहा, हिल्टन साल्वा बिच रिसोर्ट लगायतका अग्रणी होटलहरूमा पाँच, सात तथा १० रातका लागि उपलब्ध छन्,’ कतार एयरवेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।