काठमाडौं- विश्वकै ठूलो फिल्म फेस्टिभलको रुपमा रहेको ७३औं ‘कान्स फिल्म फेस्टिभल’ फ्रान्समा जारी छ।
कोरोना महामारीको कारण अघिल्लो वर्ष यो फेस्टिभल हुन नसकेपनि अहिलेको साल भने धुमधामसँग चलिरहेको छ।
आयोजकले सेनिटाइजर र मास्क लगाउन पटकपटक आग्रह गरिरहेको छ। तर,आयोजकको कुरामा रेड कार्पेटमा पुगेका सेलिब्रेटीले अटेर गरेका छन्।
कोरोना महामारीले सामाजिक दुरी कायम गर्न आग्रह गरिरहेपनि सेलिब्रेटी मास्क नलगाई कान्समा रमाइरहेका छन्। यसको विश्वभर आलोचना भइरहेको छ।
कान्स फिल्म फेस्टिभलमा फिल्म देखाउनु मात्रै होइन, त्यहाँको रेड कार्पेटमा हिड्न पाउनु मात्रै पनि ठूलो कुरो हो।
यसअघि नेपालबाट मोडलको रुपमा अञ्जली लामाले कान्सका सहभागिता जनाएकी थिइन्। नायिका प्रियंका कार्की पनि नेपालको प्रतिनिधित्व गर्दै कान्स गएको भनिएको छ।
तर, त्यसको आधिकारीक फोटो भिडियो भने बाहिरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।