काठमाडाैं- सात वर्षअघि निकै चर्चा कमाएको भारतीय टेलिसिरियल 'पवित्र रिस्ता'को सिजन-२ आउने भएको छ। एक वर्षअघि मृत भेटिएका नायक सुशान्तसिंह राजपुत यही सिरियलबाट चर्चित बनेका थिए। उनले सिरियलमा मानवको भूमिका निभाएका थिए।
सिजन-२ मा भने सुशान्तले निभाएको भूमिका मानवका लागि शहिर शेख फाइनल भएका छन्। शहिरले सुरुमा मानवको भूमिका निभाउन चाहेका थिएनन्। सुशान्तका फ्यानले पनि मानवको भूमिकामा अरुलाई राख्नै नमिल्ने भन्दै विरोध गरिरहेका थिए।
शहिरले सामाजिक सञ्जाल इन्स्टाग्राममा सुटिङ सेटको फोटो सेयर गर्दे लेखेका छन्, 'सुरुमा सुशान्तले निभाएको भूमिकामा मैले खेल्ने भन्ने हिम्मत कसरी गर्नसक्छु भन्ने लाग्यो। तर, सुशान्त हरेक कुरामा चुनौती मोल्न तयार हुनुपर्ने बताउँथे। यदि उनी मेरो ठाउँमा भएको भए काम गर्थे भन्ने सोचेर हुन्छ भनें।'
एकता कपुरको सुपरहिट टेलिशृङ्खला 'पवित्र रिस्ता-२' मा मुख्य महिला पात्रमा भने पहिलो सिजनमा अर्चनाको भूमिका निभाएकी नायिका अंकिता लोखण्डे नै हुने छिन्।
सुरुमा जी टीभीबाट प्रसारण हुने भनिए पनि अब भने जी फाइभ एपमा मात्रै सिरियल हेर्न पाइनेछ। यो पहिलो सिजनजस्तो लामो हुने छैन। जम्मा १५ एपिसोडको मात्रै बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।