काठमाडाैं- बलिउड नायिका दिया मिर्जाले दुई महिनाअघि नै छोरालाई जन्म दिएको खुलासा गरेकी छन्। उनी विवाह भएको तीन महिनामा नै आमा बनेकी हुन्।
उनले छोराको औंला समातेको फोटो इन्स्टाग्राममा राख्दै आफू चिकित्सकले दिएको मितिभन्दा दुई महिनाअघि नै आमा बनेको बताएकी हुन्। उनले इस्टाग्राममा लेखेकी छन्, 'बच्चा जन्माउनु भनेको तपाईंको मुटु शरीरबाहिर वरपर सधैँ घुमिरहनु हो।'
छोराको नाम अव्यान आजाद रेखी राखेकी उनले मे १४ मै जन्माएका थिइन्। चिकित्सकले दिएको समयभन्दा अघि जन्माएकाले अव्यान अहिलेसम्म आईसीयूमै रहेको पनि उनले लेखेकी छन्।
अचानक गर्भावस्थामा समस्या आएपछि समयभन्दा अघि बच्चा जन्माउन परेको र यसले एउटा दु:खद् घटना पार लगाएको पनि उनले लेखेकी छन्। चाँडै छोरालाई आईसीयूबाहिर देख्ने अपेक्षासहित उनले सबै शुभचिन्तकलाई धन्यवाद दिएकी छन्।
दियाको विवाह फेब्रुअरी १५ मा भएको थियो। उनले पाँच महिनामै शुभचिन्तकलाई अर्को खुसीको खबर सुनाएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।