• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

असई झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिने ज्वालासहित ४ जनालाई साधारण तारेखमा रिहा गर्न आदेश

64x64
नारायण अधिकारी मंगलबार, असार २९, २०७८  १७:५३
1140x725

काठमाडौं- प्रहरीमाथि रंगभेदी अभिव्यक्ति दिने ज्वाला संग्रौलासहित चार जनालाई साधारण तारेखमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। 

न्यायाधीश ओमप्रसाद अर्यालको इजालसले अभियन्ता दाबी गर्ने ज्वाला भनिने टीका संग्रौला, शर्मिला वाइवा भनिने शर्मिला राई, यमबहादुर खड्का र हिमाल उपाध्याय भनिने हिमालप्रसाद उपाध्यायलाई मंगलबार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। 

ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झामाथि रंगभेदी दुव्र्यवहार गरेको घटनामा गत असार ६ गते उनीहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो।

उनीहरु चारै जनाविरुद्ध जातीय तथा सामाजिक भेदभावसम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाएको थियो। मुलुकी फौजदारी अपराध संहिता १६६ अनुसार जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने उल्लेख छ। 

दफा १६६ को उपदफा (१) मा कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रितिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय, शारीरिक अवस्था वा सामाजिक सम्प्रदायको उत्पतिको आधारमा छुवाछुत वा अन्य कुनै किसिमको भेदभाव गर्न वा सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न वा सार्वजनिक प्रयोगमा रहेको पानी, पधेरो प्रयोग गर्न बञ्चित गर्न वा अन्य कुनै निजी वा सार्वजनिक उपयोग वा सुविधाका कुराको प्रयोग गर्नबाट बञ्चित गर्न नहुने उल्लेख छ। 

यस्तो कसुर गर्ने व्यक्तिलार्ई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ व्यवस्था छ। सोही सजाय माग गर्दै उनीहरुविरुद्ध मुद्दा चलाइएको थियो। उक्त मुद्दामा उनीहरु चारै जनालाई धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको हो।

संग्रौलासहितको टोलीको सवारी साधन ड्युटीमा खटिएका असई झाले रोकेर जाँच सुरु भएपछि असई झामाथि रंगभेदी व्यवहार भएको थियो। निषेधाज्ञामा पासबिना सवारी चलाउन नमिल्ने भन्दै झाले पास मागेका थिए। तर, उनीहरुले देखाउन सकेका थिएनन्। 

त्यसपछि लाइसेन्स माग्दा समेत उनीहरुले लाइसेन्स देखाउन सकेका थिएनन्। त्यसपछि गाडी होल्ड गर्न लगाएपछि विवाद भएको थियो। महाराजगञ्ज चोकबाट भएको विवाद ट्राफिक कार्यालयसम्म पुगेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

प्रहरी कार्यालयमा संग्रौलाको टोलीले असईको नाम सोधेपछि उनले आफ्नो नाम मणिकान्त झा भएको बताएका थिए। त्यसपछि संग्रौलासहितको टोलीले रंगभेदी शब्द प्रयोग गरेर दुव्र्यवहार गरेका थिए। रंगभेदी अभिव्यक्ति दिएको भन्दै मधेशी आयोगमा यस विषयमा उजुरी समेत परेको थियो। 

संग्रौलासहितको टोलीले ‘ज्वाला संग्रौला भन्ने को हो? नाम सुनेको छ? मिडिया हेर्ने गरेको छ? प्रहरीको फुली लगाए भनेर ठूला कुरा गर्ने होइन नि फेरि। तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला। तपाईंले यो तरिकाले डिल गर्ने? म ठेगान लगाइदिन्छु म के हो भन्ने देखाइदिन्छु’ समेत भनेर धम्की दिएका थिए।

कीर्तेमा ज्वालालाई साधारण तारेख, हिमाललाई १ लाख धरौटी
रंगभेदी अभिव्यक्तिको आरोपमा पक्राउ परका मध्ये ज्वाला र उनका पति हिमालविरुद्ध प्रहरीले कीर्तेमा पनि मुद्दा चलाएको थियो। सरकारी कागजात कीर्ते गरेको पाइएपछि उनीहरुविरुद्ध कीर्तेमा मुद्दा चलाइएको थियो। 

कीर्ते कसुरमा ज्वालालाई साधारण तारेख र हिमाललाई एक लाख धरौटी माग भएको भएका। मंगलबार न्यायाधीश अर्यालको इजलासले ज्वालालाई साधारण तारेखमा छाड्न र हिमालसँग एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो। 

अनुसन्धनका क्रममा नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, जन्मदर्ता समेतका कागजात कीर्ते गरेको पाइएको थियो।

संग्रौलाका कागजात प्रमाणीकरणका लागि प्रहरीले उनको जन्मस्थान भएको पाँचथरको हिलिहाङ गाउँपालिकाबाट विवरण माग गरेका थियो। तर, संग्रौलाले पेस गरेको कागजात र गाउँपालिकाले पठाएको विवरण मेल नखाएपछि उनको कीर्ते प्रकरण पनि खुलेको थियो। 

पाँचथरेको हिलिहाङ गाउँपालिका– ५ (साबिक सुभाङ गाविस)बाट लिएको भनेर संग्रौलाले अविवाहिताको प्रमाणपत्र र जन्मदर्ताको प्रमाणपत्र पेस गरेकी थिइन्। प्रहरीले कागजात प्रमाणीकरणका लागि हिलिहाङ गाउँपालिकामा पठाउँदा मेल नखाएको र उनले कीर्ते गरेको पाइएको थियो। 

संग्रौलाले प्रहरीमा पेस गरेको कागजात साविकको सुभाङ गाउँ विकास समितिको नामका छन्। ती कागजातहरु २०७४ असार ५ गतेको मितिमा जारी भएका थिए। जबकि त्यसको ४ महिना अगाडि ९३ चैत २०७३ मा० नै संघीय व्यवस्थाअनुसार सुभाङ गाविसलाई समेत समेटेर हिलिहाङ गाउँपालिका बनिसकेको थियो।  

सरकारी कागजात कीर्ते भएको पाइएपछि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ मा लिखतसम्बन्धी कसूरमा उनीहरु दुई जना तानिएका थिए।

अभद्र व्यहार मुद्दामा सोमबार मात्र ज्वालालाई जिल्ला प्रशासन कार्यालय काठमाडाैंले खड्का बाहेक तीन जनालाई जनही १० हजार रुपैयाँ धराैटी माग गरेको थियो। 

थप समाचार :

सरकारी कागजात कीर्तेमा पनि मुछिइन् ज्वाला संग्रौला, ३ वटै मुद्दामा दोषी ठहरिए ११ वर्ष कैद

महाराजगञ्जबाट असई झालाई बग्गीखाना तानेका एसएसपी भट्टराईको दाबी- ‘कसैको दबाबमा सरुवा भएको होइन’
‘सामाजिक अभियन्ता’ दाबी गर्ने संग्रौलाको रंगभेदी अभिव्यक्तिको छानबिन सुरु
प्रहरीमाथिको रंगभेदी दुर्व्यवहारको भिडियो आईजीपीको सचिवालय पठाइयो
प्रहरीमाथि गरिएको रंगभेदी हर्कत्‌विरुद्ध मधेशी आयोगमा उजुरी दर्ता
'सामाजिक अभियन्ता’ भन्नेहरूको दबाबमा सरुवा गरिएका असई मणिकान्त महाराजगञ्ज फिर्ता
‘सामाजिक अभियन्ता’ भन्नेहरूले ‘एनीहाउ सरुवा गराउँछु’ भनेका असई मणिकान्तलाई महाराजगञ्जबाट हटाइयो
‘सामाजिक अभियन्ता’ले नै प्रहरीमाथि प्रहरी कार्यालयमै यसरी गरे रंगभेदी हर्कत्

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सुनको मूल्य सामान्य घट्यो मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्