• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सरकारी कागजात कीर्तेमा पनि मुछिइन् ज्वाला संग्रौला, ३ वटै मुद्दामा दोषी ठहरिए ११ वर्ष कैद

64x64
नारायण अधिकारी मंगलबार, असार १५, २०७८  १८:५८
1140x725

काठमाडौं– सामाजिक अभियन्ताका नाममा अनेक विवादमा मुछिदै आएकी ज्वाला संग्रौलाले सरकारी कागजात कीर्ते गरेको खुलेको छ। अभद्र व्यवहारको कसूरमा पक्राउ परेकी संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी कागजातसमेत कीर्ते गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ।

अनुसन्धानको क्रममा अदालती प्रक्रियाका लागि विभिन्न कागजातहरु ‘भेरिफिकेशन’ गर्दा संग्रौलाले पेस गरेका कागजात र कागजात जारी गर्ने सरकारी निकायको विवरण मेल नखाएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

महानगरीय प्रहरी परिसर काठमाडौंले अभियन्ता दाबी गर्ने संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइवालाई असार ६ गते पक्राउ गरेको थियो। गत जेठ १६ गते प्रहरी वृत्त गौशाला भित्रै युवा संघकी केन्द्रीय सदस्यसमेत रहेकी खुस्वु घिमिरेमाथि कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ गरेका थिए।

संग्रौलामाथि कुटपिटको घटनासँगै महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहयाक निरीक्षक (असई) मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेको घटनामा समेत अनुसन्धान थालिएको थियो। असई झामाथि भएको दुर्व्यवहारको सन्दर्भमा मधेशी आयोगमा उजुरी परेको थियो। सोही उजुरीअनुसार संग्रौलालाई कारबाही गर्न भन्दै आयोगले प्रहरी महानिरीक्षकको सचिवालयलाई उजुरीसहितको पत्र पठाएको थियो। 

प्रहरी परिसर  काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले संग्रौलासँगै पक्राउ परेका अन्य दुई जनामाथि अभद्र व्यवहारको कसूरमा र संग्रौलामाथि भने अभद्र व्यवहारको कसूरसँगै जातीय विभेद तथा छुवाछुत कसूर र सरकारी कागजात कीर्तेको कसूरमा अनुसन्धान भइरहेको बताए। अभद्र व्यवहार र जातीय विभेदको कसूरमा अनुसन्धान गर्ने क्रममा संग्रौलाले सरकारी कागजात कीर्ते गरेको खुलेको थियो। 

संग्रौलाले के गरिन् कीर्ते ?
काठमाडौं प्रहरी स्रोतका अनुसार संग्रौलाले सरकारी कागजात दुरुपयोग तथा कीर्ते गरेको भन्ने सूचना उनी पक्राउ परेसँगै प्रहरीकहाँ पुगेको थियो। त्यसपछि सरकारी कागजात कीर्तेमा समेत प्रहरीले अनुसन्धान शुरु गरेको थियो। अनुसन्धनका क्रममा नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, जन्मदर्ता समेतका कागजात कीर्ते गरेको पाइएको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ। 

संग्रौलाका कागजात प्रमाणीकरणका लागि प्रहरीले उनको जन्मस्थान भएको पाँचथरको हिलिहाङ गाउँपालिकाबाट विवरण माग गरेका थियो। तर, संग्रौलाले पेस गरेको कागजात र गाउँपालिकाले पठाएको विवरण मेल नखाएको प्रहरीले जानकारी दिएको छ। 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हिलिहाङ गाउँपालिका– ५ (साबिक सुभाङ गाविस)बाट लिएको भनेर संग्रौलाले अविवाहिताको प्रमाणपत्र र जन्मदर्ताको प्रमाणपत्र पेस गरेकी थिइन्। प्रहरीले कागजात प्रमाणीकरणका लागि हिलिहाङ गाउँपालिकामा पठाउँदा मेल नखाएको र उनले कीर्ते गरेको पाइएको हो। यस विषयमा गाउँपालिकाले समेत प्रहरीलाई कागजात प्रमाणीकरण हुन नसकेको भनेर पत्र लेख्ने भएको छ। उक्त पत्र आएपछि प्रहरीले संग्रौलाविरुद्ध कीर्तेमा समेत मुद्दा दर्ता गर्ने तयारी गरेको छ। 

Ncell 2
Ncell 2

संग्रौलाले प्रहरीमा पेस गरेको कागजात साविकको सुभाङ गाउँ विकास समितिको नामका छन्। ती कागजातहरु २०७४ असार ५ गतेको मितिमा जारी भएका छन्। जबकि त्यसको ४ महिना अगाडि (३ चैत २०७३ मा) नै संघीय व्यवस्थाअनुसार सुभाङ गाविसलाई समेत समेटेर हिलिहाङ गाउँपालिका बनिसकेको थियो।  

गाउँपालिकाले गाविस नै नरहेको मितिमा पत्र जारी भएको देखिएको व्यहोरा समेत उल्लेख गरेर प्रहरीलाई पत्र पठाउने तयारी गरेको छ। यसबारे गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङ्देनले नेपाल लाइभसँग भने, ‘प्रहरीबाट केही कागजात बुझ्नुपर्ने भन्ने व्यहोराको पत्र आएको थियो। पत्रअनुसार हामीले विवरण हेर्दा केही मेल खाएको देखिएन। अब कीर्ते हो, के हो भन्ने विषय प्रहरीले नै अनुसन्धान गर्ला। विवरण मेल नखाएकाले हामीले भने सोहीअनुसार प्रहरीलाई पत्र पठाउन लागेका छौं।’

गाउँपालिका अध्यक्ष लिङ्देनले संग्रौलाको कीर्तेबारे प्रष्ट बोलेनन्। तर,  प्रहरीलाई प्राप्त 'सूचना'अनुसार संग्रौलाले पेस गरेका कागजातमा दस्तखत गर्ने कर्मचारी समेत नक्कली खडा गरेको पाइएको छ। उनले कागजात बनाएको मितिमा उल्लेख गरेका कर्मचारी अहिले पनि गाउँपालिकामै रहेका जनाइएको छ। तर, ती कर्मचारीले संग्रौलाको कागजातमा हस्ताक्षर नगरेको बताएका छन्।

३ वटा कसूरमा अनुसन्धान, दोषी ठहरिए ११ वर्षसम्म कैद 
संग्रौलाविरुद्ध अहिले एकैसाथ तीन वटा मुद्दामा अनुसन्धान भइरहेको छ– अभद्र व्यवहार, जातीय विभेद तथा छुवाछुत र लिखतसम्बन्धी कसूर।

मुलुकी अपराध संहिताको दफा ११८ को उपदफा (१) मा  'कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन' भन्ने व्यवस्था गरिएको छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था सोही दफाको उपदफा (२)मा गरिएको छ। 

युवा संघकी नेता घिमिरेको उजुरीअनुसार कसूर प्रमाणित भएमा अभद्र व्यवहारको कसूरमा संग्रौलालाई बढीमा १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने देखिन्छ। 

संग्रौलामाथि लागेको अर्को कसूर हो– जातीय विभेद।  जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय कसूर मानिएको छ। ऐनको दफा ४ मा 'कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वेश, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्था आधारमा कुनै पनि विभेद गरेमा जातीय छुवाछुत तथा भेदभाव गरेको मानिनेछ' भनेर उल्लेख छ।  

जातीय विभेद गरेको पाइएमा त्यस्ता व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनको दफा ७ (१) को खण्ड (क)मा छ। जातीय विभेदको कसूरमा दोषी ठहर भएमा संग्रौलालाई अधिकतम् ३ वर्षसम्मको कैद हुनसक्ने देखिन्छ। 

संग्रौला लिखतसम्बन्धी कसूरमा पनि तानिएकी छिन्। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ मा लिखतसम्बन्धी कसूरको बारेमा उल्लेख छ। परिच्छेद २५ अन्तर्गत दफा २७६ को उपदफा (३) को खण्ड (ग)मा सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।  

संग्रौलामाथि लागेका ३ वटै (अभद्र व्यवहार, जातीय छुवाछुत र सरकारी कागजात कीर्ते) कसूर  प्रमाणित भए उनलाई अधिकतम ११ वर्षसम्म कैद हुने देखिन्छ। संग्रौलामाथि अहिले अनुसन्धान भइरहेको र अनुसन्धान सकिएपछि तीनवटै कसूरमा अधिकतम सजायको मागदाबीसहित अदालतमा मुद्दा दर्ता गर्न सिफारिस गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतको भनाइ छ। 

महाराजगञ्जबाट असई झालाई बग्गीखाना तानेका एसएसपी भट्टराईको दाबी- ‘कसैको दबाबमा सरुवा भएको होइन’

‘सामाजिक अभियन्ता’ दाबी गर्ने संग्रौलाको रंगभेदी अभिव्यक्तिको छानबिन सुरु

प्रहरीमाथिको रंगभेदी दुर्व्यवहारको भिडियो आईजीपीको सचिवालय पठाइयो

प्रहरीमाथि गरिएको रंगभेदी हर्कत्‌विरुद्ध मधेशी आयोगमा उजुरी दर्ता

'सामाजिक अभियन्ता’ भन्नेहरूको दबाबमा सरुवा गरिएका असई मणिकान्त महाराजगञ्ज फिर्ता

‘सामाजिक अभियन्ता’ भन्नेहरूले ‘एनीहाउ सरुवा गराउँछु’ भनेका असई मणिकान्तलाई महाराजगञ्जबाट हटाइयो

‘सामाजिक अभियन्ता’ले नै प्रहरीमाथि प्रहरी कार्यालयमै यसरी गरे रंगभेदी हर्कत्

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्