• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सरकारी कागजात कीर्तेमा पनि मुछिइन् ज्वाला संग्रौला, ३ वटै मुद्दामा दोषी ठहरिए ११ वर्ष कैद

64x64
नारायण अधिकारी मंगलबार, असार १५, २०७८  १८:५८
1140x725

काठमाडौं– सामाजिक अभियन्ताका नाममा अनेक विवादमा मुछिदै आएकी ज्वाला संग्रौलाले सरकारी कागजात कीर्ते गरेको खुलेको छ। अभद्र व्यवहारको कसूरमा पक्राउ परेकी संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी कागजातसमेत कीर्ते गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ।

अनुसन्धानको क्रममा अदालती प्रक्रियाका लागि विभिन्न कागजातहरु ‘भेरिफिकेशन’ गर्दा संग्रौलाले पेस गरेका कागजात र कागजात जारी गर्ने सरकारी निकायको विवरण मेल नखाएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

महानगरीय प्रहरी परिसर काठमाडौंले अभियन्ता दाबी गर्ने संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइवालाई असार ६ गते पक्राउ गरेको थियो। गत जेठ १६ गते प्रहरी वृत्त गौशाला भित्रै युवा संघकी केन्द्रीय सदस्यसमेत रहेकी खुस्वु घिमिरेमाथि कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ गरेका थिए।

संग्रौलामाथि कुटपिटको घटनासँगै महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहयाक निरीक्षक (असई) मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेको घटनामा समेत अनुसन्धान थालिएको थियो। असई झामाथि भएको दुर्व्यवहारको सन्दर्भमा मधेशी आयोगमा उजुरी परेको थियो। सोही उजुरीअनुसार संग्रौलालाई कारबाही गर्न भन्दै आयोगले प्रहरी महानिरीक्षकको सचिवालयलाई उजुरीसहितको पत्र पठाएको थियो। 

प्रहरी परिसर  काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले संग्रौलासँगै पक्राउ परेका अन्य दुई जनामाथि अभद्र व्यवहारको कसूरमा र संग्रौलामाथि भने अभद्र व्यवहारको कसूरसँगै जातीय विभेद तथा छुवाछुत कसूर र सरकारी कागजात कीर्तेको कसूरमा अनुसन्धान भइरहेको बताए। अभद्र व्यवहार र जातीय विभेदको कसूरमा अनुसन्धान गर्ने क्रममा संग्रौलाले सरकारी कागजात कीर्ते गरेको खुलेको थियो। 

संग्रौलाले के गरिन् कीर्ते ?
काठमाडौं प्रहरी स्रोतका अनुसार संग्रौलाले सरकारी कागजात दुरुपयोग तथा कीर्ते गरेको भन्ने सूचना उनी पक्राउ परेसँगै प्रहरीकहाँ पुगेको थियो। त्यसपछि सरकारी कागजात कीर्तेमा समेत प्रहरीले अनुसन्धान शुरु गरेको थियो। अनुसन्धनका क्रममा नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, जन्मदर्ता समेतका कागजात कीर्ते गरेको पाइएको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ। 

संग्रौलाका कागजात प्रमाणीकरणका लागि प्रहरीले उनको जन्मस्थान भएको पाँचथरको हिलिहाङ गाउँपालिकाबाट विवरण माग गरेका थियो। तर, संग्रौलाले पेस गरेको कागजात र गाउँपालिकाले पठाएको विवरण मेल नखाएको प्रहरीले जानकारी दिएको छ। 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हिलिहाङ गाउँपालिका– ५ (साबिक सुभाङ गाविस)बाट लिएको भनेर संग्रौलाले अविवाहिताको प्रमाणपत्र र जन्मदर्ताको प्रमाणपत्र पेस गरेकी थिइन्। प्रहरीले कागजात प्रमाणीकरणका लागि हिलिहाङ गाउँपालिकामा पठाउँदा मेल नखाएको र उनले कीर्ते गरेको पाइएको हो। यस विषयमा गाउँपालिकाले समेत प्रहरीलाई कागजात प्रमाणीकरण हुन नसकेको भनेर पत्र लेख्ने भएको छ। उक्त पत्र आएपछि प्रहरीले संग्रौलाविरुद्ध कीर्तेमा समेत मुद्दा दर्ता गर्ने तयारी गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संग्रौलाले प्रहरीमा पेस गरेको कागजात साविकको सुभाङ गाउँ विकास समितिको नामका छन्। ती कागजातहरु २०७४ असार ५ गतेको मितिमा जारी भएका छन्। जबकि त्यसको ४ महिना अगाडि (३ चैत २०७३ मा) नै संघीय व्यवस्थाअनुसार सुभाङ गाविसलाई समेत समेटेर हिलिहाङ गाउँपालिका बनिसकेको थियो।  

गाउँपालिकाले गाविस नै नरहेको मितिमा पत्र जारी भएको देखिएको व्यहोरा समेत उल्लेख गरेर प्रहरीलाई पत्र पठाउने तयारी गरेको छ। यसबारे गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङ्देनले नेपाल लाइभसँग भने, ‘प्रहरीबाट केही कागजात बुझ्नुपर्ने भन्ने व्यहोराको पत्र आएको थियो। पत्रअनुसार हामीले विवरण हेर्दा केही मेल खाएको देखिएन। अब कीर्ते हो, के हो भन्ने विषय प्रहरीले नै अनुसन्धान गर्ला। विवरण मेल नखाएकाले हामीले भने सोहीअनुसार प्रहरीलाई पत्र पठाउन लागेका छौं।’

गाउँपालिका अध्यक्ष लिङ्देनले संग्रौलाको कीर्तेबारे प्रष्ट बोलेनन्। तर,  प्रहरीलाई प्राप्त 'सूचना'अनुसार संग्रौलाले पेस गरेका कागजातमा दस्तखत गर्ने कर्मचारी समेत नक्कली खडा गरेको पाइएको छ। उनले कागजात बनाएको मितिमा उल्लेख गरेका कर्मचारी अहिले पनि गाउँपालिकामै रहेका जनाइएको छ। तर, ती कर्मचारीले संग्रौलाको कागजातमा हस्ताक्षर नगरेको बताएका छन्।

३ वटा कसूरमा अनुसन्धान, दोषी ठहरिए ११ वर्षसम्म कैद 
संग्रौलाविरुद्ध अहिले एकैसाथ तीन वटा मुद्दामा अनुसन्धान भइरहेको छ– अभद्र व्यवहार, जातीय विभेद तथा छुवाछुत र लिखतसम्बन्धी कसूर।

मुलुकी अपराध संहिताको दफा ११८ को उपदफा (१) मा  'कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन' भन्ने व्यवस्था गरिएको छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था सोही दफाको उपदफा (२)मा गरिएको छ। 

युवा संघकी नेता घिमिरेको उजुरीअनुसार कसूर प्रमाणित भएमा अभद्र व्यवहारको कसूरमा संग्रौलालाई बढीमा १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने देखिन्छ। 

संग्रौलामाथि लागेको अर्को कसूर हो– जातीय विभेद।  जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय कसूर मानिएको छ। ऐनको दफा ४ मा 'कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वेश, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्था आधारमा कुनै पनि विभेद गरेमा जातीय छुवाछुत तथा भेदभाव गरेको मानिनेछ' भनेर उल्लेख छ।  

जातीय विभेद गरेको पाइएमा त्यस्ता व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनको दफा ७ (१) को खण्ड (क)मा छ। जातीय विभेदको कसूरमा दोषी ठहर भएमा संग्रौलालाई अधिकतम् ३ वर्षसम्मको कैद हुनसक्ने देखिन्छ। 

संग्रौला लिखतसम्बन्धी कसूरमा पनि तानिएकी छिन्। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ मा लिखतसम्बन्धी कसूरको बारेमा उल्लेख छ। परिच्छेद २५ अन्तर्गत दफा २७६ को उपदफा (३) को खण्ड (ग)मा सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।  

संग्रौलामाथि लागेका ३ वटै (अभद्र व्यवहार, जातीय छुवाछुत र सरकारी कागजात कीर्ते) कसूर  प्रमाणित भए उनलाई अधिकतम ११ वर्षसम्म कैद हुने देखिन्छ। संग्रौलामाथि अहिले अनुसन्धान भइरहेको र अनुसन्धान सकिएपछि तीनवटै कसूरमा अधिकतम सजायको मागदाबीसहित अदालतमा मुद्दा दर्ता गर्न सिफारिस गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतको भनाइ छ। 

महाराजगञ्जबाट असई झालाई बग्गीखाना तानेका एसएसपी भट्टराईको दाबी- ‘कसैको दबाबमा सरुवा भएको होइन’

‘सामाजिक अभियन्ता’ दाबी गर्ने संग्रौलाको रंगभेदी अभिव्यक्तिको छानबिन सुरु

प्रहरीमाथिको रंगभेदी दुर्व्यवहारको भिडियो आईजीपीको सचिवालय पठाइयो

प्रहरीमाथि गरिएको रंगभेदी हर्कत्‌विरुद्ध मधेशी आयोगमा उजुरी दर्ता

'सामाजिक अभियन्ता’ भन्नेहरूको दबाबमा सरुवा गरिएका असई मणिकान्त महाराजगञ्ज फिर्ता

‘सामाजिक अभियन्ता’ भन्नेहरूले ‘एनीहाउ सरुवा गराउँछु’ भनेका असई मणिकान्तलाई महाराजगञ्जबाट हटाइयो

‘सामाजिक अभियन्ता’ले नै प्रहरीमाथि प्रहरी कार्यालयमै यसरी गरे रंगभेदी हर्कत्

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग बालेनले राखेको बैठकमा तामाङ पनि सहभागी भएका थिए । बैठकलगत्तै उनलाई सिंहदरबारबााट पक्राउ गरिएक... सोमबार, भदौ २९, २०८३
प्रधान सेनापति सिग्देल चीन प्रस्थान चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनल... आइतबार, भदौ २८, २०८३
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
महिला एसिया कप: च्याम्पियन भारतले यसपटक पनि पाकिस्तानी गृहमन्त्रीको हातबाट लिएन ट्रफी सोमबार, भदौ २९, २०८३
गगन र शेरबहादुर दुवै पक्षको महाधिवेशन रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपिठ सोमबार, भदौ २९, २०८३
‘ग्रे जोन’ रणनीतिक म्यानुभरिङ हो, सुपरपावर र नेपालको भूराजनीतिमा ठूलो संकट छ : बुद्ध छिरीङ मोक्ताङ सोमबार, भदौ २९, २०८३
नागरिकता प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंहलाई विशेष अदालतबाट सफाइ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्