काठमाडाैं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन्। उनले रजनी मक्कल मन्द्रम नामको राजनीतिक पार्टी विघटन गर्दै राजनीतिबाट सन्यास लिएका हुन्।
उनले अब भविष्यमा कहिल्यै राजनीतिमा नफर्कने बताएका छन्। रजनी मक्कल मन्द्रम पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि यो निर्णय सार्वजनिक गरिएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्।
उनको यो फैसलाले रजनीकान्तका फ्यानहरु निराश बनेका छन्। निराश फ्यानसँग उनले माफी माग्दै स्वास्थ्य समस्याका कारण यसलाई निरन्तरता दिन नसकेको बताएका छन्। उनी केही दिन अघिमात्रै अमेरिकामा उपचार गरेर फर्किएका थिए।
राजनीतिक पार्टी विघटन भए पनि रजनीकान्तको नयाँ फ्यान संगठन भने स्थापना भएको छ। रजनी फ्यान क्लब एसोसिएसन नामको संगठनले जनताको सेवा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।