काठमाडौं- सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको फैसला सुनाउन सकिने विषयलाई मध्यनगर गर्दै सर्वोच्च अदालतपरिसरमा सुरक्षा बढाइएको छ।
सर्वोच्च वरपर अहिले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। फैसला आउनसक्ने कुरालाई मध्यनगर गर्दै सुरक्षास्थित मजबुत बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए।
काठमाडौंका सडकमा अहिले ७०० को हाराहारीमा प्रहरी परिचालन गरिएको एसएसपी सिंहले बताए। मुख्य सडकहरुमा अहिले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलको पनि बाक्लो उपस्थिति देखिन्छ।
गत जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। विघटका विरुद्ध परेको रिट आज पेसी चढेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।