काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनले शंख फुकेर प्रदर्शन गरेका छन्। प्रतिगमन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनविरुद्ध शंख फुकेर प्रदर्शन गरिएको हो।
नेपाल आयल निगमले गएको मंगलबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो थियो। मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ।
यस्तै, खाना पकाउने (एलपी) ग्यासको मूल्य प्रतिसिलिण्डर प्रतिसिलिण्डर १ हजार ४२५ रुपैयाँ पुगेको छ।
निगमको निर्णयपछि संयुक्त विद्यार्थी संगठनले विरोध गर्दै आएको छ। मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरूले आन्दोलनका थप कार्यक्रम समेत घोषणा गरेका छन्।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन्।
विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २४ गते ७२ घण्टे अल्टिमेटम दिएको भएपनि मूल्यवृद्धि फिर्ता नगरिएको भन्दै आइताबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको थप कार्यक्रम घोषणा गरेका हुन्।

नयाँ आन्दोलनको कार्यक्रममा असार २८ गतेदेखि नेपाल आयल निगमका गाडीहरू चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्यांकर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने रहेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।