• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारमा जानुअघि तीन महिने तालिम अनिवार्य

64x64
नेपाल लाइभ शनिबार, जेठ १९, २०७५  ००:१८
1140x725

काठमाडौं– सरकारले पहिलो पटक वैदेशिक रोजगारमा जाने युवालाई तीन महिना तालिम लिएपछि मात्र श्रम स्वीकृति जारी गर्ने तयारी गरिरहेको छ। रोजगारीमा जाने कामदारसँग तीन महिना तालिम लिएको प्रमाणपत्र हातमा भए मात्र श्रम स्वीकृति जारी गर्ने योजना बनाइरहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ। 

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा प्रस्तुत गरेको रोजगारी प्रत्याभूति विधेयकमा यो विषयलाई समावेश गर्ने योजनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको बोर्डले जानकारी दिएको छ। जसका लागि सरकारले सातै प्रदेशमा तालिम केन्द्र खोली सञ्चालन गर्ने गृहकार्य सुरु गरेको बोर्डले जनाएको छ। बोर्डका निर्देशक धीरकुमार श्रेष्ठले भने, ‘विदेशिन चाहने युवाले कम्तीमा ३ महिनाको सम्बन्धित विषयमा सीपमूलक तालिम अनिवार्य लिएपछि मात्र श्रम स्वीकृति वितरण गर्ने पक्षमा मन्त्रालय छ।’ 

यो विषयमा बोर्डले एउटा खाका तयार पारेर मन्त्रालय पठाएको उनले जनाए। यसबारे मन्त्रालयले छलफल र परामर्श लिइरहेको छ। 

श्रेष्ठले भने, ‘तीन तहको तालिमको प्रस्तावसहित कार्यविधि निर्माण गरिँदै छ। तीन महिनाको तालिम लिएकाले मात्रै विदेश जान मिल्नेगरी बोर्डले नीतिगत व्यवस्था गर्न लागेको हो। एक महिनाको छोटो तालिम, एक महिनाभन्दा बढी र तीन महिनाभन्दा कम समयको मध्यम तालिम र तीन महिनाभन्दा बढी समयको लामो तालिम लिएर मात्र श्रम स्वीकृति जारी गरिने व्यवस्था हुनेछ।’ 

सरकारी प्रावधानअनुसार तालिम नलिएका युवालाई एक वर्षपछि श्रम स्वीकृति नदिने नीति ल्याउन लागिएको उनको भनाइ छ। बोर्डले लामो समय लगाएर तयार पारेको ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारित गरेपछि तालिमको कार्यक्रम अघि बढाउने तयारी भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालबाट रोजगारीमा जाने कामदारलाई दक्ष बनाएर पठाउने उद्देश्यले अनिवार्य तालिमको व्यवस्था गर्न लगिएको श्रेष्ठले जनाए। रोजगारीमा जाने युवाले नेपालबाटै आवश्यक सीप सिकेर विदेश गए त्यहाँ पुगेपछि अहिलेजस्तो समस्या भोग्नु नपर्ने बोर्डको दाबी छ। रोजगारीका लागि जाने नेपाली युवासँग विषयगत सीप नहुदाँ अन्य देशका कामदारको जस्तो सेवासुविधा पाउनबाट वञ्चित हुनेपरेको छ। रोजगारमा जानुअघि हातमा सीप नभई रोजगारीमा जादाँ जोखिमयुक्त र अप्ठ्यारो काम गर्नुपर्ने बाध्यता छ। कम्तिमा नेपालमै सामान्य तालिम दिएर पठाउँदा यस्तो समस्या कम हुने बोर्डको बुझाइ छ। 

नेपालमा शिक्षा मन्त्रालय अन्तर्गतका प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी), मन्त्रालय अन्तर्गत व्यावसायिक तालिम केन्द्रबाट विभिन्न सीपमूलक तालिम सञ्चालन गरिँदै आएको छ। यी संस्थाले दिने तालिम लक्षित वर्गसम्म नपुग्ने गरेको यो क्षेत्रका सरोकारवालाको भनाइ छ। बोर्ड र सुरक्षित आप्रवास परियोजना (सामी) ले विदेशिने युवालाई लक्षित गरी विभिन्न शीर्षकमा तालिम सञ्चालन गर्दै आएका छन्। तर, यस्ता तालिममा रोजगारीमा जाने थोरै युवा सहभागी हुने गरेको पाइन्छ। बोर्डले विगत ७ वर्षमा एक लाखभन्दा बढी युवालाई निःशुल्क तालिममा सहभागी गराएको दाबी गर्दै आएको छ। वार्षिक २० हजारभन्दा बढी युवालाई विभिन्न गैरसरकारी संघ संस्थासँग सहकार्य गरी बोर्डले तालिम प्रदान गरिरहेको निर्देशक श्रेष्ठले जनाए। 

Xtrem
Xtrem

बोर्ड र सामीले वैदेशिक रोजगारीमा जाने युवालाई लक्षित गरी विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा कुक, वेटर र वेट्रेस, हाउसकिपिङ, सरसफाइ, कफी मेकर, फ्रन्ट अफिस, निर्माण क्षेत्रमा मेसन, स्काफोल्डिङ, आल्मुनियम फेब्रिकेटर, वेल्डिङ, फर्निचर एन्ड फर्निसिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, सटरिङ कार्पेन्टर, स्टिल फिक्सर, हाउस पेन्टिङ, हाउस वायरिङ लगायतका तालिम सञ्चालन गर्दै आएको छ। 

बोर्डमार्फत् सञ्चालन भएका तालिम वैदेशिक रोजगारीमा जाने युवाले लिन पाउँछन्। वार्षिक अनुमानित ५ लाखभन्दा बढी युवा रोजगारीको खोजीमा विभिन्न देश पुग्ने गरेका छन्। तर, बोर्डले वार्षिक २० हजार युवालाई लक्षित गर्दै तालिम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०७५  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्