• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बजेटमा राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकता, कार्यान्वयन फितलो (कुन आयोजनामा कति प्रगति?)

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १८, २०७५  १३:५४
1140x725

काठमाडौं– सरकारले प्रत्यक वर्ष राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्छ। तर, विनियोजित बजेटको खर्च प्रभावकारी हुँदैन र तोकिएको समयमा कुनै पनि आयोजनाको काम सम्पन्न हुँदैन।

कार्यान्वयन पक्ष फितलो हुनु नै यसको मुख्य कारण रहेको अर्थशास्त्रीहरु बताउँछन्। अर्थविद् प्राडा रघुवीर विष्ट भन्छन्, ‘सरकालले प्रत्यक वर्ष आकर्षक खालको बजेट ल्याउँछ। तर कार्यान्वयन पक्षमा ध्यान नदिँदा आयोजना निर्माण कार्यले तिव्रता पाउँदैनन्।’ 

त्यस्तै, अर्थविद् तथा राष्ट्र नेपाल बैंकका पूर्व गभर्नर तिलक रावल बजेटमा राम्रा कुरा समेटिने तर कार्यान्वयनप्रतिको बेवास्ताले विकासले गति नलिएको बताउँछन्। सरकारले नयाँ आयोजना अघि सार्नुभन्दा पुरानै आयोजनाको निर्माणलाई तीव्रता दिनुपर्ने रावलको सुझाव छ। उनले भने, ‘काभ्रेमा विमानस्थल बनाउने कुरा छ, तर अहिलेको आवश्यकता नयाँ विमानस्थल बनाउनेभन्दा पनि भएका राष्ट्रिय गैरवका विमानस्थलको निर्माणमा ध्यान दिनुपर्थ्यो।’

सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। यसलाई सकारात्मक मन्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको बुझाइ छ। भनिन्, ‘सरकारले प्रत्येक वर्ष पूर्वाधार विकास निर्माणको योजना ल्याउनु सकारात्मक छ। तर, छिटो निर्माण सक्नका लागि आवश्यक पहल हुँदैन।’ उनले सरकारले ल्याएका आयोजना घोषणामा मात्रै सीमित हुने अवस्था दुर्भाग्यपूर्ण भएको बताइन्। 

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा भन्छन्, ‘सबैभन्दा ठूलो कुरा नीति लागू भयो भने अर्थतन्त्र त्यतिकै माथि जान्छ। यो सरकारको नीति कति कार्यान्वयन हुन्छ त्यो हेर्न बाँकी छ।’

सरकारले आगामि वर्ष २०७५/०७६ का लागि राष्ट्रिय गैरवका १० पूर्वाधारमा आधारित आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ। 

सरकारले प्राथमिकतामा राखेका राष्ट्रिय गौरवका आयोजनाको हालको प्रगति कस्तो छ भन्नेबारे चालू आर्थिक वर्षको ८ महिनाको विवरण हेरौंः 

१. मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग)

Ncell 2
Ncell 2
nimb
nimb

चालू आर्थिक वर्षको ८ महिनामा मध्यपहाडी लोकमार्गमा १७ सय ७६ किलोमिटर अन्तर्गत ९५ किलोमिटर ग्राभेल, २२ दशमलब ५ किमि कालोपत्रे र ९ वटा पुलको निर्माण सम्पन्न भएको छ। आर्थिक वर्ष २०७३/७४ सम्ममा सो राजमार्ग अन्तर्गत १४ सय ३५ किमि नयाँ ट्रयाक, २१९ दशमलब ५ किमि ग्राभेल, ४६७ दशमलब ५ किमि कालोपत्रे तथा ४८ वटा पुलको निर्माण सम्पन्न भएको थियो। 

चालू आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गका लागि ४ अर्ब २ करोड ८३ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। २०६४/६५ देखि शुरु भएको आयोजना २०७४/७५ मा सम्पन्न हुने अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार २०७७/८८ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। 

२. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा

भैरहवास्थित गौतम बुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्ने उद्देश्यले २०७१/०७२ मा निर्माण सुरु भएको यो आयोजना २०७३/०७४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर, तोकिएको अवधिमा निर्माण कार्य सम्पन्न नभएपछि चालू आर्थिक वर्षमा ७ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

Xtrem

Xtrem

जसमध्ये विमानस्थलको रनवे र ट्याक्सी वे एप्रोन निर्माण कार्यको २८ दशमलब ३ प्रतिशत काम मात्र सम्पन्न भएको छ। साथै, करिब ४२८ बिगाह थप जग्गा अधिग्रहणको प्रशासनिक कार्य सम्पन्न भई मुआब्जा वितरण भइरहेको छ। अन्तर्राष्ट्रिय टर्मिनल भवन अन्र्तगत प्रशासन, अपरेसन तथा कन्ट्रोल टावर, अग्नि तथा जीवनोद्धार भवन निर्माण भएको छ।

३. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल 

बाराको निजगढमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यका लागि कोरियन कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडब्लु) ले तयार पारेको रिपोर्ट ग्रहण गरिएको छ। कुल १२ बिगाहा ४ कट्ठा १९ धुर क्षेत्रफलको जग्गा नेपाल नागरिक उड्यन प्राधिकरणको नाममा ल्याई मुआब्जा वितरण गरिसकिएको छ। विमानस्थलभित्र पर्ने वन क्षेत्रको जग्गा हस्तान्तरणका लागि सम्झौता सम्पन्न भएको छ। त्यस्तै, यसका लागि आवश्यक १ सय १० बिगाहा जमिन अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ।

चालू आर्थिक वर्ष २०७४/७५ मा यस आयोजनाका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। 

४. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल सरकार र चीन सरकारबीच २०७४ जेठमा ऋण सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार विमानस्थल निर्माण कार्य आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। अहिले आयोजनाको पेरिमिटर सडकका लागि मुआब्जा वितरणको प्रशासनिक काम सकिएको छ। चालू आर्थिक वर्षमा जग्गा अधिग्रहण समेत गरी विमानस्थल निमार्ण कार्यका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको थियो।

५. कोशी कोरिडोर

कोशी कोरिडोर अन्तर्गत तेह्रथुमको बसन्तपुरदेखि संखुवासभाको उत्तरी सिमाना किमाथांकासम्मको १ सय ६२ किलोमिटर सडक निमार्ण एवं स्तरोन्नतिको काम पर्छ। जस अन्तर्गत २०७३/७४ सम्ममा ८५ दशमलब ५ किमि ट्रयाक खोल्ने कार्य सम्पन्न भएकोमा चालु आर्थिक वर्षको ८ महिनामा ५ दशमलब ५ किमि मात्र ट्रयाक निर्माण सम्पन्न भएको छ। 

६. कालीगण्डकी कोरिडोर

कालीगण्डकी कोरिडोरको ४ सय ३५ किलोमिटरमध्ये आर्थिक वर्ष २०७३/७४ सम्ममा ४ सय २५ किमि ट्रयाक निर्माण भएकोमा चालु आर्थिक वर्षको ८ महिनामा बाँकी १० किमि ट्रयाक निर्माण सम्पन्न भएको छ। आयोजनाका लागि चालू आर्थिक वर्षमा ६३ करोड ५१ लाख रुपैयाँ विनियोजित भएको थियो। 

७. कर्णाली कोरिडोर 

उत्तर दक्षिण लोकमार्ग अन्तर्गत कर्णाली कोरिडोर ८८ किलोमिटरमध्ये हिल्सा–सिमीकोट खण्डको ८० किमि ट्रयाक निर्माण सम्पन्न भएको छ। चालु आर्थिक वर्षको ८ महिनामा ७ किमि ट्रयाक निर्माण भएको छ।

आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको यो आयोजना २०७० सालमा सम्पन्न हुने लक्ष्य थियो। तर, समयमै सम्पन्न नभएपछि आयोजनाको संशोधित निर्माण सम्पन्न मिति आर्थिक वर्ष २०७९/८० सम्म तोकिएको छ। आयोजनाको कुल लागत ११ अर्ब रहेकोमा २०७४/७५ मा १६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

८. हुलाकी राजमार्ग

आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको हुलाकी राजमार्गको १७ सय ९२ दशमलब ४ किलोमिटर अन्तर्गत चालु आर्थिक वर्षको ८ महिनामा ५ दशमलब ५ किमि सडक कालोपत्रे, ६५ किमि सडक ग्राभेल र १० वटा पुल निर्माण भएको छ। कुल लागत ४७ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएकोमा चालु आर्थिक वर्षमा ४ अर्ब २७ करोड ४५ लाख १६ हजार रुपैयाँ विनियोजन गरिएको थियो। 

९. पूर्व–पश्चिम रेल मार्ग

पूर्व–पश्चिम रेलमार्गको इटहरी–बिराटनगर लिङ्क समेत गरी काँकडभिट्टा–बर्दिवास खण्डको २ सय ६५ किलोमिटर र २८ किलोमिटर सिमरा–वीरगन्ज लिङ्क तथा ४४ किलोमिटर वुटवल–भैरवा–लुम्बिनी लिङ्कसमेत गरी २ सय ७३ किमि बर्दिवास–लुम्बिनी खण्ड रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ।

आर्थिक वर्ष २०६६/६७ मा शुरु भएको पूर्व–पश्चिम रेलमार्गको कुल लागत अनुमान ६९ अर्ब ५२ करोड रुपैयाँ छ। चालू आर्थिक वर्षमा ४ अर्ब १ करोड ७० लाख ४७ हजार रुपैयाँ विनियोजित गरिएको थियो। 

१०. काठमाडौं–तराई मधेस फास्ट ट्रयाक

काठमाडौंलाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो मार्ग ‘काठमाडौं–तराई मधेश द्रूत मार्ग (फास्ट ट्रयाक) को कुल लम्बाइ ७६ किलोमिटर छ। मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को निर्णयअनुसार राष्ट्रिय गौरवको फास्ट ट्रयाक निमार्ण कार्य ४ वर्षमा सम्पन्न गर्नेगरी नेपाली सेनाले ठेक्का लिएको छ। चालू आर्थिक वर्षमा आयोजनाका लागि १० अर्ब १४ करोड रुपैयाँ विनियोजित गरिएको थियो। 

चालु आर्थिक वर्षको ८ महिनासम्ममा एक्सेस रोड तथा ट्रयाक स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको छ। सेनाले फास्ट ट्रयाकमा पर्ने रुखहरु भने कटान गरिसकेको छ।

(अर्थमन्त्रालयद्वारा प्रकाशित ‘आर्थिक सर्वेक्षण २०७४/७५’ मा आधारित)

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्टुन
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्