काठमाडाैं- स्वास्थ्यमा सुधार भएपछि प्रशिद्ध बलिउड अभिनेता नसीरुद्दीन शाह डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका शाह बुधबार अस्पतालबाट घर फर्किएको उनका छोरा विवानले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
७० वर्षीय शाहलाई निमोनिया भएपछि गत मंगलबार मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो।
नसिरूद्दीन शाहले अभिनय जीवनको शुरुआत १९७५ मा श्याम बेनेगल को 'निशांत' बाट शुरू गरेका थिए र ७०-८० को दशकमा उनी चर्चामा थिए।
नसिरूद्दीन शाह ले 'स्पर्ष, 'जाने भी दो यारो' जस्ता फिल्ममा काम गरेका थिए। शेखर कपूरको निर्देशनमा बनेको 'मासूम' र 'मिर्च मसाला' मा पनि नसिरूद्दीन को यादगार भूमिका थियो।
सय भन्दा धेरै फिल्ममा काम गरिसकेका नसिरूद्दीन शाहले तीन राष्ट्रीय पुरस्कार जीतेका छन्। पछिल्लो दुई दशकमा नसिरूद्दीन केही सफल फिल्ममा काम गरेका छन्। जसमा विशाल भारद्वाजको 'इश्किया', 'द डर्टी पिक्चर' र जोया अख्तरको 'ज़िंदगी न मिलेगी दोबारा' जस्ता फिल्म रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।