काठमाडौं- प्रतिक्षित फिल्म केजीएफ: च्याप्टर २ कोरोना भाइरसका कारण पछि सरेको छ। अब फिल्म रिलिजको मिति पछि सार्वजनिक गरिने भएको छ। फिल्ममा मुख्य भूमिका निभाएकी अभिनेत्री रविना टन्डनले इन्स्टाग्राममा यो खबर फ्यानसँग सेयर गरेकी छिन्।
रविनाले लडाकु खालको एक तस्वीर सेयर गरेकी छिन् र लेखेकि छिन्, 'दैत्य त्यतिबेला आउने छ जब ग्याङ्ग स्टारले हल भरि हुनेछ। आउने नयाँ मिति चाँडै सार्वजनिक हुनेछ, केजीएफ च्याप्टर २।'
कन्नड स्टार यशको यो फिल्म पहिला १६ जुलाइमा स्क्रीनमा रिलिज हुने बताइएको थियो। यो फिल्म २०१८ मा रिलिज भएको ब्लकबास्टर फिल्म केजीएफ च्याप्टर १ को सिक्वेले हो। यशले दोस्रो पार्ट निकै राम्रो हुने आश्वासन फ्यानलाई दिएका छन्।
फिल्ममा यश र रविनाका अलावा सञ्जय दत्त, प्रकाशा र श्रीनिधि शेट्टी जस्ता कलाकारको महत्वपूर्ण भूमिका देखिने छ।
यो ऐक्शन ड्रामा फिल्म हिन्दी, कन्नड, तमिल, तेलुगू र मलयालममा रिलिज हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।