काठमाडौं– जातीय छुवाछुत तथा भेदभावको गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतबाट छुटाउन 'भूमिका खेलेको' प्रकरणमा सर्वोच्च अदालतले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अदालतमा उपस्थित हुन भनेको छ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बुधबारको एकल इजलासले मन्त्री श्रेष्ठलाई असार २९ गते अदालत (सर्वोच्च)मा उपस्थित हुन भनेको हो।
रेग्मीको इजलासले कसरी अनुसन्धान अघि बढिरहेको छ भनेर विपक्षीहरु समेतको सहभागितामा छलफल गरी अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निर्णय गर्नुपर्ने हुँदा सो प्रयोजनका लागि असार २९ को पेसी तोकी विपक्षीहरुलाई सूचना दिनू भन्ने आदेश जारी गरेको हो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।