काठमाडौं- नेपाल-चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरू गरेको छ।
यससँगै अब ग्राहकहरूले अनलाइनमार्फत् यस एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ। यसका लागि हिमालय एयरलाइन्सको वेबसाइटमा जानुपर्नेछ।
‘अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आईपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरिद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तैः उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाणपत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई-टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्नुहुनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तैः ब्यागेजको पूर्वबुकिङ, सिट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरूमार्फत् नवीनतम सेवा सुरू गर्ने योजना बनाएको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।