काठमाडौं– सुजिता भण्डारीको ‘शंकास्पद’ मृत्युलाई लिएर विरोध प्रदर्शन बढ्दै गएपछि चितवनका केही क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ।
भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्नुका साथै भीड जम्मा पारी हुलहुज्जत, ढुंगामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड गर्न थालेपछि कर्फ्यू जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू जारी गरिएको हो।
कर्फ्यू अवज्ञा गर्नेलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरी १ महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालय चितवनले चेतावनी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।