• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुजिता मृत्यु घटना : अपहरणमा परेँ भनेको १० दिनपछि भेटियो शव 

64x64
नेपाल लाइभ सोमबार, असार २१, २०७८  १४:४८
1140x725

काठमाडौं- चितवनको राप्ती नगरपालिका-३ कि २३ वर्षीया सुजिता भण्डारीको मृत्यु घटना रहस्यमय बनेको छ। साथीको घर जान्छु भनेर असार ११ गते बिहान करिब ६ बजे निस्केकी भण्डारीको शव १० दिनपछि जंगलमा भेटिएको छ।  

राप्ती नगरपालिकाकै ब्रम्हस्थानी सामुदायिक जंगलमा च्याउ टिप्न गएका स्थानीयले आइतबार शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो। स्थानीयले देखेको उक्त शव असार ११ गतेदेखि हराइरहेकी भण्डारीको भन्दै आफन्तले सनाखत गरेका थिए। 

सम्पर्कविहीन भएपछि अपहरणमा परेको जानकारी
असार ११ गतेबाट सम्पर्कविहीन भएपछि उनले सोही दिन करिब १२ बजे अन्तिम कल दिदीलाई गर्दै आफूलाई ३ जनाको समूहले अपहरण गरेर लगेको बताएकी थिइन्। अपहरणमा परेको जानकारी गराएपछि उनको परिवारले यसबारे प्रहरीलाई पनि जानकारी गराएको थियो। 

त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतको सहयोगमा घटनाको अनुसन्धान भएको थियो। विभिन्न प्राविधिक पाटोको अनुसन्धान गर्दा पनि सीआईबीले अपहरणबारे कुनै सुराक पाउन सकेको थिएन।  

यसबारे सीआईबीका प्रवक्ता तथा एसपी गंगा पन्तले भनिन्, ‘अपहरण भन्ने जानकारी आएपछि हामीले पनि विभिन्न टेक्निकल पाटोबाट अनुसन्धान गरेका थियौं। तर, अपहरणबारे कुनै सुराक पाउन सकिएन।’

Ncell 2
Ncell 2
nimb
nimb

अपहरण भएको भनेर जानकारी गराए पनि कसैले फिरौती माग नगरेको, मोबाइल लगायत विभिन्न प्राविधिक पाटोबाट अनुसन्धान गर्दा अपहरणको कुनै क्लू फेला नपरेकाले घटना रहस्यम नै रहेको प्रहरीले बताएको छ। घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेका बेला अन्ततः आइतबार भण्डारीको शव फेला पर्‍यो।

घटनास्थल नजिक बोतल र झोला
आइतबार जंगलमा शव भेटिएपनि प्रहरीले शव उठाएको थिएन। फरेन्सिक विज्ञ र तालिम प्राप्त कुकुरसहितको टोलीको पर्खाइमा शवलाई सुरक्षा दिएको प्रहरीले सोमबार मात्रै घटनास्थल मुचुल्का गरेर शव उठाएको थियो। शव सड्न थालिसकेकाले हराएको केही दिनमै मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारी बताउँछन्।

शव भेटिएपछि घटनास्थल मुचुल्का गरेर उठाउने क्रममा शव नजिकै एउटा बोतल फेला परेको प्रहरीले जनाएको छ। उक्त बोतल कसरी त्यहाँ आयो, बोतलमा विषादी थियो वा अरु केहीको बोतल हो भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ। शव नजिकै एउटा झोला पनि भेटिएको प्रहरी बताउँछ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आफन्त भन्छन्- प्रहरीले अनुसन्धानमा लापरवाही गर्‍यो
सुजिताले आफू अपहरणमा परेको भनेर जानकारी गराएपछि प्रहरीलाई जानकारी गराउँदा समेत राम्रोसँग अनुसन्धान नगरेको आफन्तको आरोप छ। राम्रोसँग अनुसन्धान र खोजतलास नगर्दा नै सुजिताको हत्या भएको दाबी आफन्त र स्थानीयको छ। 

प्रहरीको कमजोरीकै कारण सुजिताको हत्या भएको र दोषीलाई छानबिन गरी तत्कालै कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै स्थानीय अहिले प्रर्दशनमा उत्रिएका छन्।  उनीहरूले पूर्वपश्चिम सडक समेत अवरुद्ध बनाएका छन्।

मत्युको कारण अपहरणपश्चात हत्या वा अन्य?
सुजिताले अपहरणमा परेको भन्दै फोन गरेपनि अपहरण नै हो होइन भन्ने अहिलेसम्म प्रहरीले केही निष्कर्ष निकाल्न सकेको छैन। अपहरण भनिए पनि कुनै फिरौती माग नभएको र प्राविधिक अनुसन्धानबाट अहिलेसम्म केही नखुलेको सीआईबीका प्रवक्ता पन्तले बताइन्। 

यद्यपि, शव नजिक विषको जस्तो बोलत भेटिनुले सुजिताको मृत्यु हत्या वा अन्य कारणबाट भएको भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। पोष्टमार्टम रिपोर्ट, फरेन्सिक जाँच लगायतबाट मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्