काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ।
सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ। सो समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न भनिएको छ। समितिले अविरल वर्षाका कारण निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन पुलहरुमा भएको क्षतिको विश्लेषण गर्न भनिएको छ।
कार्यदलले आगामी दिनमा यस्ता क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका विषयमा समेत प्रतिवेदन पेश गर्न भनिएको छ। अहिले भएका क्षतिसँगै आगामी दिनमा पुल निर्माण गर्दा अपनाउनुपर्ने सावधानीका विषयसमेत समेट्नुपर्ने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।