काठमाडाैं- बलिउड अभिनेता नसीरुद्दीन शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ।
गत मंगलवार स्वास्थ्य अवस्था बिग्रिएपछि उनी मुम्बईको खार हिन्दुजा अस्पतालमा भर्ना भएका थिए। उनमा निमोनिया पुष्टि भएको थियो।
तर, स्वास्थ्यमा सुधार देखिएसँगै उनलाई आज अस्पतालले डिस्चार्ज गर्ने तयारी गरिएकाे छ। शाहले आफू एकदमै ठिक रहेको र आज डिस्चार्ज हुन लागेको जानकारी दिएका छन्।
नसिरूद्दीन शाहले अभिनय जीवनको शुरुआत १९७५ मा श्याम बेनेगल को 'निशांत' बाट शुरू गरेका थिए र ७०-८० को दशकमा उनी चर्चामा थिए।
नसिरूद्दीन शाह ले 'स्पर्ष, 'जाने भी दो यारो' जस्ता फिल्ममा काम गरेका थिए। शेखर कपूरको निर्देशनमा बनेको 'मासूम' र 'मिर्च मसाला' मा पनि नसिरूद्दीन को यादगार भूमिका थियो।
सय भन्दा धेरै फिल्ममा काम गरिसकेका नसिरूद्दीन शाहले तीन राष्ट्रीय पुरस्कार जीतेका छन्। पछिल्लो दुई दशकमा नसिरूद्दीन केही सफल फिल्ममा काम गरेका छन्। जसमा विशाल भारद्वाजको 'इश्किया', 'द डर्टी पिक्चर' र जोया अख्तरको 'ज़िंदगी न मिलेगी दोबारा' जस्ता फिल्म रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।