• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बजेटमाथि बाबुराम भट्टराईको टिप्पणी– हनुमानले विन्ध्याचल पर्वत ल्याएझैँ

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १८, २०७५  ०८:३७
1140x725

काठमाडौं– पूर्व प्रधानमन्त्री एवम् नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको बजेट प्राथमिकताविहिन आसेपासेलाई प्रश्रय दिने गरि निर्माण भएको टिप्पणी गरेका छन्। बजेट माथिको छलफलमा दोस्रो दिन प्रतिनिधि सभामा बोल्दै भट्टराईले ‘रामायणमा हनुमानले बुटी पहिचान गर्न नसकेर विन्ध्याचल पर्वत नै उठाएझैँ’ गरि अर्थमन्त्रीले योजनाको पुलिन्दा भरेको आरोप लगाए।

‘बजेटमा राम्रा कुराहरु पनि छन्। पुरानै केही कार्यक्रमहरु निरन्तर छन् तर सोच र प्राथमिकतामा छैन।’, भट्टराईले भने, ‘रामायणको कथामा भएझैँ हनुमानले  लक्ष्मणको लागि सञ्जीवनी बुटी पहिचान गर्न नसक्दा पर्वतनै बोकेझैँ भएको छ।’  २००८ सालदेखिका सबै कार्यक्रम बजेटमा समावेश भएको भन्दै भट्टराईले प्राथमिकता भने कुनैमा नरहेको टिप्पणी गरे।

‘मैले बजेट पेश गर्न पाएको भए हिजैको नमुना पछ्याउने थिइन’, उनले भने, ‘नयाँ औधोगिक पूजिँवाद हुँदै 8वादमा जाने कार्यक्रम ल्याउथेँ।’ कृषिमुखी अर्थतन्त्रको समस्या पहिल्याएर बजेट निर्माण हुन नसकेको भट्टराईले टिप्पणी गरे।  संसदमा भईरहेको छलफलमा नेता भट्टराईले २ अंकको आर्थिक वृद्धि हासिल गर्ने अहिलेको मुख्य लक्ष्य भएपनि यो कुरा बजेटमा स्पष्ट हुन नकसेको उनले बताए।

‘अर्थमन्त्री बीचमा उभिँदा न हाँसको चाल न कौवाको भएको छ।’, उनले भने, ‘मूल नै धमिलो भएपछि स्वत खोला धमिलो हुने बाहेक अब आस गर्ने ठाउँ मैले देखेको छैन।’ 

हाम्रा प्राथमिकता के–के हुन् भन्ने कुरा बजेटमा उल्लेख नभएको दोहोर्याउँदै नेता भट्टराईले पूर्वी एसिया भारत र अफ्रिकाको विकास मोडल हामीले पछ्याउनु  पर्नेमा अलमल भएको उनको बुझाई छ। नेपालका लागि पूर्वी एसियाली मात्र विकासको मोडल उत्तम भएको उनले जिकिर गरे।  हङकङ वा सिंगापुर नेपालको मोडल नहुने भन्दै उनले त्यसलाई उदाहारणको रुपमा लिदाँ विकास नहुने उनको तर्क छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले बनाएको नियम पालना गर्न जरुरी नभएको भन्दै उनले अनुदानभन्दा सहुलियत ऋणमा सरकारले ध्यान दिनुपर्ने बताए।

‘८ खर्ब ३१ अर्ब राजश्व हामी उठाउँछौ। त्यसले सामान्य खर्चमात्र पनि पुर्याउन सकेका छैनौँ।’, उनले भने, ‘बाह्य रुपमा लिने ऋण उपयोग गर्ने नीति अब परिर्वतन गर्नुपर्दछ।’ अनुदानवापत पाउने रकम नेपालले सर्तहरुका कारण पनि  खर्च गर्न नसक्ने उनको दावी छ। अनुदानलाई अस्वीकार गर्दै सहुलियत दरमा ऋण लिएर विकास निर्माणमा जानुको विकल्प नभएको भट्टराईले बताए।

बजेटमा सरकार दोधारे देखिएको उनले आरोप लगाए। राज्यले गर्नुपर्ने कार्यमा निजी क्षेत्र जोड्ने र निजी क्षेत्रले गर्नुपर्नेमा राज्यको हस्तक्षेप हुने नीति बजेटले लिएको उनको टिप्पणी छ।

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले लगानी गर्नुपर्नेमा निजी क्षेत्रलाई ल्याउन खोजिएको भन्दै भट्टराईले आफुले ल्याएको सेवाशुल्क खारेज गर्ने निर्णय सरकारको उल्टो गति भएको टिप्पणी गरे।

‘सार्वजनिक शिक्षालाई सहयोग पुर्याउने भनि लगाएको कर खारेज गरि निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा अगाडी बढाउनु हुँदैन’, भट्टराईले भने, ‘यसमा उल्टो गतिमा हिँडिएको भान गराउँछ। निजी क्षेत्रलाई प्रश्रय गर्ने क्षेत्रमा भने उहाँ चुक्नुभएको छ।’

‘नाफा कमाउ कर तिर’ भन्ने नीति ल्याउनुपर्नेमा बन्देज लगाउँदै पूँजीगत लाभकर बढाउनु गलत भएको नेता भट्टराईले टिप्पणी गरे।

संसद बैठकको दोस्रो दिन सुरुवातमानै आफ्नो भनाई राख्दै नेता भट्टराईले पूँजीवाद विकासको तीन तत्व भनेको श्रम ,पूँजी र बजार भएको भन्दै त्यसलाई प्रश्रय दिने बजेट नआएको आरोप लगाए।

Xtrem

Xtrem

विवाह, भोजभतेरमा सुन र घरजग्गामा रोक लगाउनु पर्ने कुरा बजेटमा समेटिनुपर्ने उनको तर्क थियो। अनुउत्पादक यस्ता क्षेत्रमा थप कर लगाउनु पर्नेमा सरकारले विदेशबाट फर्केर आउनेले काँचो सुन ल्याउने व्यवस्था गर्नु गलत भएको उनले बताए।

‘पैसा ल्याएर लगानी गर्नुपर्नेमा सरकारको यो व्यवस्थाले नेपालीहरुलाई झन् सुनभरिया हुन मद्दत गर्ने छ।’, उनले भने, ‘मन्त्रीहरुको सम्पत्ति विवरणमा पनि सुन धेरै देखिनु पनि यही कारण हो।’ विदेशी पूँजी नल्यााईकन नेपालमा विकास सम्भव नभएकाले बजेटमा पनि उक्त कुरा सम्बोधन हुनुपर्नेमा नभएको भट्टराईको तर्क थियो। 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्