काठमाडौं- नेपाल वायुसेवा निगमका महानिर्देशक डिमप्रकाश पौडलले निगमलाई बिक्री गर्न खोजियो भन्नुमा कुनै सत्यता नरहेको बताएका छन्। सोमबार विज्ञप्ति जारी गर्दै उनले कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्ध पत्र नियमावलीको ढांचा तयार गर्न खोजिएको बताए।
सरकारले बजेटमार्फत् नेपाल वायुसेवा निगमको संगठन सुधार गर्ने भन्दै गरिएको प्रतिबद्धता बमोजिम विभिन्न विकल्पहरुको अध्ययन गर्ने क्रममा यसो गरिएको उनले बताए। तर, अहिले यसलाई लिएर निगमको विषयमा विभिन्न नकारात्मक प्रचार भएको पौडेललेको भनाइ छ।
निगम सञ्चालक समितिले एक उपसमिति बनाई उपसमितीले तयार गरेको रणनैतिक साझेदारसहितको ढाँचा हुबहु मन्त्रालयमा पेश गरेको उनको भनाइ छ।
‘यो कुनै कम्पनि मोडलमा लैजाने निर्णय पनि होईन र यो निगम निजिकरण गर्ने निर्णय पनि होइन,’ पौडेलले भने ‘संचालक समितिले पनि कुनै निर्णय गरेको पनि छैन। सन्चालक समितिका निर्णयहरु जहिले पनि नेपाल सरकारको निर्णयको अधिनस्त हुनेहुनाले नेपाल सरकार को निर्णय नै निगमको लागि सर्वमान्य हुन्छन्।’
निगम अहिले जुन अवस्थाबाट गुज्रेको छ यसरी यही तरिकाबाट कुनै पनि हालतमा चल्न सक्दैन, धेरै बिकल्पहरु मध्ये कम्पनि मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल हुने पौडेललेको तर्क छ।
‘तर, अहिलेको जस्तो न्युन पुँजी र अत्याधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानु हुदैन। पहिला कर्जा तिर्नुपर्छ सम्पत्ति थप गर्नु पर्छ, प्रयाप्त शेयर पुंजी बनाउनु पर्छ, रणनैतिक योजना बनाउनु पर्छ अनिमात्र कम्पनि मोडलमा जानु पर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।