बुटवल– सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हेडबक्समा खसेको पहिरो पार गर्ने क्रममा १ जना बेपत्ता भएका छन्।
पाल्पाको दोभान हुँदै बुटवलतर्फ आइरहेका गोपाल रेस्मी सम्पर्कविहीन भएको दोभान प्रहरी चौकीका सई वनारसी गुप्ताले बताए।
रेश्मी पहिरोमा पुरिए वा सुरक्षित अवस्थामा कतै छन् भन्ने यकिन हुन नसकेको प्रहरीले बताएको छ।
सई गुप्ताका अनुसार रेश्मी सम्पर्कविहीन भएकोबारे जिल्ला प्रहरी कार्यालय पाल्पालाई जानकारी गराइसकिएको छ। उनले पाल्पाबाट प्रहरीको थप टोली आउनासाथ खोजीकार्य तत्काल सुरु गरिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।