बुटवल– बुटवल–पाल्पा सडक खण्डको तिनाउमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्समा पहिरो खसेपछि बुटवलबाट पाल्पा जाने यातायात सेवा अवरुद्ध भएको हो। पहिरो आज बिहान ४ बजे खसेको प्रहरीले बताएको छ।
गत बैसाख ३१ गते पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरोबाट खसेका ठूलाठूला ढुंगाले सडकमा अवरोध सिर्जना गरेपछि पाल्पातिरबाट बुटवल आउँदै गरेका र बुटवलबाट पाल्पा, हुँदै गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ हिँडेका सवारी साधन र यात्रुहरु बीचमै रोकिएका छन्।
वर्षा नरोकिएकाले डोजर चलाएर पहिरो पन्छाउन ढिलाई भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। सडक कति बजे खुल्छ भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।