काठमाडौं- बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावबीच डिभोर्स भएको छ। दुबै जनाले एक संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ।
आमिर र किरणबीच १५ वर्ष पहिला विवाह भएको थियो र उनीहरुका एक छोरा छन्।
आमिर र किरणले विज्ञप्तिमा भनेका छन्, "यो १५ वर्षको राम्रो समयमा हामीले एक साथ जीवन भरको अनुभव, खुशी र हाँसो साझा गरेका छौं, र हाम्रो सम्बन्धमा विश्वास, सम्मान र प्यार बढेको छ। अब हामी आफ्नो जीवनमा एक नयाँ अध्याय सुरु गर्न चाहन्छौं, पति-पत्नीको रुपमा होइन, तर बच्चाको आमा बुवा र परिवारको रुपमा।"
"हामीले केही समय पहिला एक अर्कासँग अलग हुने शुरुआत गरेका थियौं र अब यसलाई औपचारिक रूप दिन सहज महसूस गरिरहेका छौं, हामी हाम्रो छोरा आजाद प्रति समर्पित आमा बुवा हौं, जसको पालन-पोषण हामी मिलेर गर्ने छौं। हामी फिल्म, पानी फाउंडेशन र अन्य परियोजनामा पनि सहयोगीको रुपमा काम गर्ने छौं।”
"हामी हाम्रा शुभचिन्तकबाट शुभकामना र आशीर्वादको अपेक्षा राख्छौं। आशा गर्छौ हाम्रो तलाकलाई अन्त्यको रुपमा नभइ एक नयाँ रात्राको रुपमा हेर्नुहुनेछ" विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।