• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक इजलासका तीन दृष्य : दाजुभाइ पक्ष-विपक्षमा, श्रीमान्-श्रीमती र बाबुछोरीको पनि बहस

64x64
दुर्गा दुलाल शनिबार, असार १९, २०७८  २०:०३
1140x725

काठमाडौं- बिहीबार प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अधिवक्ता सुवास आचार्यले बहस गरे। ओलीका २१ कानुन व्यवसायीमध्ये उनी महत्त्वपूर्ण वक्ता थिए। छैटौं नम्बरमा बहस गर्न आएका उनलाई इजालसले बहसका लागि २० मिनेटको समय निर्धारण गरेको थियो। 

सुवासले प्रधानमन्त्री ओलीका पक्षमा बहस थालेपछि सर्वोच्च अदालतमा चर्चा भयो। चर्चाको कोण थियो, ‘दाइ प्रतिनिधि सभा विघटनको विपक्षमा, भाइ पक्षमा!’ सुवास  अधिवक्ता भीमार्जुन आचार्यका सहोदर भाइ हुन्। भीमार्जुनले केही दिनअघि प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा रिट निवेदकका तर्फबाट बहस गरेका थिए।

दाजुभाइको विपरीत ध्रुवीय बहस चर्चाको विषय त बन्यो तर, व्यावसायिक आचारसंहिता र वा मर्यादा भन्दा बाहिर भने होइन। आ-आफ्नै ल फर्म खोलेर कानुन व्यवसाय गरिरहेका उनीहरुले ‘आफ्नो पक्ष’मा तर्कवितर्क गर्न पाउँछन्। 

प्रतिनिधि सभा विघटनको यो दोस्रो शृंखलामा एउटै मुद्दामा बहसका लागि उत्रिएको आचार्य परिवार मात्रै छैन। अर्को दुई परिवारमध्ये एउटाका श्रीमान्–श्रीमती र अर्कोका बाबु–छोरी नै बहसमा उत्रिएका छन्। 

दाइको जिकिर रिट जारी, भाइको खारेज 
प्रतिनिधि सभा विघटनको मुद्दामा बहसका लागि पक्षविपक्षमा उभिएका यी दाजुभाइले आ-आफ्नै पक्षमा तर्कतथ्य पेश गरे। असार १३ गते विपक्षी गठबन्धनका तर्फबाट १४६ सांसदहरुले दायर गरेको रिटमा बहस गर्दै भीमार्जुनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गर्दै बदर हुुनपर्ने माग गरे। उनले ओली मात्र प्रधानमन्त्री हुनुपर्छ भन्नेतर्फ राष्ट्रपति भण्डारी लागिपरेको तर्क गरे।  

‘७६ (५) मा दाबी गर्न प्रधानमन्त्री पद रिक्त हुनैपर्छ। धारा ७६ (४) र धारा ७७ दुवै प्रक्रिया पूरा नगरी, पद रिक्त नगरी बदनियतका साथ नयाँ सरकार गठनको आह्वान भयो,’ आचार्यले भने, ‘एउटै कार्यकालमा संविधानको धारा ७६ को सबै उपधारा अनुसार एउटै व्यक्ति ओली मात्र प्रधानमन्त्री बन्ने कल्पना संविधानले गरेको छैन। तर, अहिले अभ्यास यही भइरहेको छ।’ 

सांसदहरुले स्वविवेकीय अधिकार प्रयोग गरेर धारा ७६ को उपधारा ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा बहुमत रहेकाले उनी नै प्रधानमन्त्री हुनुपर्ने माग आचार्यले गरे। ‘ह्वीपविरुद्व मतदान गरेमा मात्र सांसदहरुलाई कारबाही गर्ने हो,’ उनले भने, ‘राष्ट्रपतिले कसरी शेरबहादुर देउवालाई हस्ताक्षर गर्ने सांसदलाई कारबाही हुने आधार लिएर अस्वीकार गर्नुभयो?’

असार १७ गते प्रधानमन्त्री ओलीको पक्षमा बहसमा उत्रेका सुवासले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदम असंवैधानिक भन्न नमिल्ने जिकिर पेश गरे। संविधानको धारा ७६ को उपधारा ५ को व्यवस्था निर्दलीय अभ्यासको नभएको दाबी गर्दै उनले रिट खारेज हुनुपर्ने बताए। चार दिनअघि  उनका दाइले रिट जारी हुनुपर्ने जिकिर गरेका थिए। 

Ncell 2
Ncell 2

सुवासको भने नेपाली कांग्रेस बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्ने राजनीतिक दल भएकाले उसको घोषणापत्र र विधानमा समेत निर्दलीय कुरा नभएकाले अहिले अरुको सांसदको आधार लिएर निर्दलीय सरकारको नेतृत्व गर्न नसक्ने भनाइ थियो। उनले धारा ७६ को उपधारा ५ को सम्बन्ध उपधारा २ सँग समेत रहेकाले यसमा एमाले र जसपाका सांसदहरुको साथ लिएर विपक्षी गठवन्धनका उम्मेदवार देउवालाई प्रधानमन्त्री बनाउने आधार नदेखेकाले राष्ट्रपतिले खारेज गरेको जिकिर गरे। 

यो पनि पढ्नुहोस्

ओलीका कानुन व्यवसायीकाे तर्क- निर्दलीय सरकार हुने कुरा कांग्रेसकाे विधानमा लेखिएकाे छ?बिहीबार, असार १७, २०७८

९३ वर्षे बुवासँगै छोरी इजलासमा 
यही मुद्दामा केही दिनअघि अर्को दृष्य देखिएको थियो। जहाँ ९३ वर्षे वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र उनकी छोरी सविता भण्डारी बरालले यही मुद्दामा बहस गरेका थिए। सर्वोच्च अदालतमा सबैले गुरुदेव भनेर सम्बोधन गर्ने वरिष्ठ अधिवक्ता भण्डारी र उनकी छोरी सविताको मत भने विभाजन भएन।

अधिवक्ता भण्डारीका विषयमा गत पुस ५ मा भएको प्रतिनिधि सभा विघटनको बहसका क्रममा प्रधानमन्त्री ओलीको टिप्पणी थियो, ‘बाजे वकिललाई इजलासमा उपस्थित खडा गरेर तमासा गरियो।’ उनको यो टिप्पणीपछि अदालतमा उनीविरुद्ध अदालतको अवहेलना मुद्दा समेत दायर भयो र उनी आफैं उपस्थित भएर जवाफ समेत पेस गरे। 

त्यो समय नै प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएका अधिवक्ता भण्डारी अहिले फेरि इजलास पुगिरहेका छन्। असार १३ गते निवेदकका तर्फबाट सुरुवाती बहस वरिष्ठ अधिवक्ता सविताले गरेकी थिइन्। उनले राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतमाथि अदालतले बोल्नुपर्ने माग गरिन्।

‘संविधानको ७६ (४) अनुसार विश्वासको मत लिनुपर्नेमा ओलीले नलिइ मार्गप्रशस्त गरेको तर्ककै आधारमा प्रतिनिधि सभा विघटन गर्नुभयो,’ उनले भनिन् ‘कुनै पनि सांसदले प्रधानमन्त्री दाबी गर्ने आधार लिएर गए नियुक्त पाउने व्यवस्था धारा ७६ (५) हो।’ धारा ७६ (४) अनुसार विश्वासको मत पाउने सम्भावना नभएको र अधिकार नभएको अवस्थामा प्रधानमन्त्री ओलीले एमाले र जसपाको समर्थन रहेको दाबी गरेर राष्ट्रपतिसँगको मिलेमतोमा विघटन गरेको तर्क उनले गरिन्।

सोही दिन उनका ९३ वर्षे पिता भण्डारीले बहसको मैजारो गरे। वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्री ओलीमा संविधानप्रतिको जिम्मेवारी र नैतिकता नदेखिएको बताए। संविधानले हरेक धारामा एउटै व्यक्ति हुने परिकल्पना नगर्दा पनि पटक–पटक प्रधानमन्त्रीको दाबी गर्ने र प्रतिनिधि सभा विघटन गर्ने काम भइरहेको बताए। यसअघि नै विघटनका विषयमा अदालतले प्रष्ट रुपमा बोलिसकेकाले यसलाई बदर गरी सचेत गराउनुपर्ने माग गरे।  

यो पनि पढ्नुहोस्

देउवालाई प्रधानमन्त्री नियुक्त नगर्न राष्ट्रपतिको बदनियत देखियो : वरिष्ठ अधिवक्ता भण्डारीआइतबार, असार १३, २०७८

श्रीमान्–श्रीमतीकै बहस प्रधानमन्त्रीको पक्षमा
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा बहसका क्रममा प्रधानमन्त्री ओलीको पक्षमा एक जोडीले नै बहस गरे। वरिष्ठ अधिवक्ता रविनारायण खनाल र अधिवक्ता शान्ति खनालले प्रतिनिधि सभा विघटन सही रहेको जिकिर गरे। रविनारायण प्रगतिशील कानुन व्यवसायी (एमाले निकट) को रुपमा सर्वोच्च अदालत बार एशोसिएनको अध्यक्षको प्रत्यासी समेत हुन्।

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसँग उनी पराजित भएका थिए। अघिल्लोपटक पनि ओलीको कानुन व्यवसायीको रुपमा बहसमा उत्रेका खनालसँग यसपटक अधिवक्ता श्रीमती शान्तिले समेत सहकार्य गरिन्। शान्ति कानुन व्यवसायसँगै प्राध्यापनमा पनि संलग्न छिन्। रविनारायणले बिहीबार बहस गरेका थिए भने शान्तिले शुक्रबार बहस गरिन्। 

रविनारायणले प्रधानमन्त्री र राष्ट्रपतिले गरेको कदम संविधान अनुसार नै भएकाले बदर हुन नसक्ने दाबी गरे। उनले संविधानको धारा ७६ को ५ मा पनि राजनीतिक दल नै आवश्यक हुने र राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा विघटन गरेकाले प्रक्रियागत रुपमा विघटन भएको दाबी गरे। शुक्रबार शान्ति खनालले पनि सोही माग गरिन्।

उनले विघटनको निर्णय राष्ट्रपतिको चाहनाअनुसार नभइ संविधानको धारा ७६ को ७ अनुसार भएको दाबी गरिन्। संविधानको धारा ७६ को ५ अनुसारको सरकार बन्न सक्ने अवस्था नभएपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नयाँ निर्वाचनमा जाने निर्णय गरेको उनको दाबी थियो। ताजा जनादेशमा जाने निर्णयले नयाँ जनादेश दिने र त्यसले स्थायित्व प्रदान गर्ने उनको तर्क थियो। 

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ गतेदेखि निरन्तर बहस चलिरहेको छ। जेठ ७ गते मध्यरातमा भएको प्रतिनिधि सभा विघटनमा हालसम्म निवेदक, सरकारी वकिल र प्रधानमन्त्री ओलीका कानुन व्यवसायीले आफ्नो बहस सकेका छन्। आइतबार सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीले २ घण्टा आफ्ना तथ्यतर्क पेश गर्नेछन्। 

त्यसपछि निवेदकले ३ घण्टा इजलासमा उठेका प्रश्नमाथि जवाफ दिनेछन्। उनीहरुको जवाफपछि एमिकस क्युरीले आफ्नो राय दिँदै दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दाको मैजारो हुनेछ। हालसम्म निवेदकका तर्फबाट ३६, सरकारी वकिलका ११ र प्रधानमन्त्री ओलीका २१ जना कानुन व्यवसायीले प्रतिनिधि सभा विघटन मुद्दाको पक्ष र विपक्षमा आफ्ना तर्क राखेका छन्। 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
देशहित कसरी गर्ने भनेर चिन्तित छौँ : माधव नेपाल नेता नेपालले भने, ‘हामीले जुन उद्देश्य राखेका छौँ‚ त्यसलाई जोगाउने, स्वाभिमानको रक्षा गर्ने र देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित... आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने यो घटनालाई सामान्य रुपमै लिनुपर्ने बताए । ‘यो सामान्य कुरा हो । अध्यक्षको सुरक्षार्थ... आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी केन्द्रीय सदस्यहरू लक्ष्मी खतिवडा, जितजंग बस्नेत, गुरु बराल, डा. रणबहादुर रावल, रुपा बिक, चन्द्र केसीलगायत २० बढी केन्द्रीय सदस्यहरू... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग सोमबार, मंसिर १५, २०८२
एसीसी यू–१९ पुरूष प्रिमियर कपको उपाधि लागि आज नेपाल र यूएई भिड्दै सोमबार, मंसिर १५, २०८२
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने? सोमबार, मंसिर १५, २०८२
भारतमा नरभक्षी ब्वाँसोको आतङ्क, ड्रोनमार्फत निगरानी आइतबार, मंसिर १४, २०८२
देशहित कसरी गर्ने भनेर चिन्तित छौँ : माधव नेपाल आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आइतबार, मंसिर १४, २०८२
काठमान्डु पाँच विकेटले विजयी हुँदै ‘प्लेअफ’ नजिक, चौथो हारसँगै कर्णालीलाई कठिन आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्