काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी सुवास आचार्यले संविधानमा निर्दलीयताको कल्पनाको नगरिएको बताएका छन्। उनले निर्दलीयता चाहने हो भने निर्वाचनबाट बहुमत ल्याएर संविधान संशोधन गर्न सुझाए।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ एमालेकै केही सांसदको हस्ताक्षर पेस गरेर प्रधानमन्त्री हुन खोजेको भन्दै उनले यो स्वभाविक नभएको तर्क गरे।
'रिट निवेदक नेपाली कांग्रेसले आफ्नाे विधानमा निर्दलीय लेख्न सक्छ? संविधानमा याे राख्न सम्भव छैन। त्यसैले याे निर्दलीय भन्न मिल्दैन। याे राजनीतिक प्रश्न हाे। दलले चाहने हाे भने निर्वाचनबाट बहुमत लिएर आएर संविधान संशाेधन गर्नुपर्छ', आचार्यले भने।
उनले निर्दलीयतामा जाला भनेर उपधारा २ अनुसारको योग्यता भनेको उल्लेख गरे।
'उपधारा ५ मा मात्र आधार देखाउने भनेकाे छ। उपधारा २ मा सांसदलाई दलमा राखेकाे छ। तर, ५ मा दलकाे समर्थन भएकाे भनेकाे हाेला। ३० दिनसम्म मात्र प्रधानमन्त्री हाेला भनेर आधार राखेकाे हाे', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।