• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपालको ह्याट लगाएर अमेरिकामा क्रिकेट अम्पायरिङ गरिरहेका शैलेन्द्र

64x64
प्रकाश गुरागाईं शनिबार, असार १९, २०७८  ०८:४९
1140x725

काठमाडौं– अमेरिकामा १७ वर्षभन्दा कम उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेको छ। पिचको एउटा ‘एन्ड’मा उभिएका अम्पायरको ह्याटमा नेपाल क्रिकेट संघ (क्यान) को लोगो छ। नेपालको झन्डा र एकसिंगे गैंडाको लोगो भएको ह्याट लगाएर अमेरिकामा क्रिकेट खेलाइरहेका छन्, शैलेन्द्रराज नेपाल।

यो प्रतियोगिता लगत्तै सिनियरको राष्ट्रिय टी २० प्रतियोगिता पनि हुँदैछ। उक्त प्रतियोगितामा पनि शैलेन्द्रले अम्पायरिङ गर्ने छन्। उनी अमेरिकाका व्यस्त अम्पायरमध्ये एक हुन्। मैदानमा अम्पायरिङ गरिरहँदा उनको पहिचान बनेको छ, ह्याट। 

शैलेन्द्र काम विशेषले सन् २०१६ मा अमेरिका पुगेका थिए। अमेरिकामा केही समय बसेपछि उतै क्रिकेटमा ‘करिअर’ बनाउने रहर लाग्यो। उनी कामसँगै स्थानीयस्तरका प्रतियोगिता खेलाउन थाले। क्यानले उपलब्ध गराएको ह्याट लिएर अमेरिका पुगेका शैलेन्द्रले त्यही लगाएर अम्पायरिङ सुरु गरे। उक्त ह्याटले आफ्नो आत्मविश्वास जगाउने शैलेन्द्र बताउँछन्। ‘आफ्नो जन्मभूमि सम्झिरहनका लागि पनि मैले यो ह्याट लगाएको हुँ,’ उनी भन्छन्। 

उनको ह्याटबारे यूएस क्रिकेट बोर्डले प्रश्न पनि गरेको थियो। आफूले जन्मभूमिको सम्मानमा लगाएको र लगाइरहने जवाफ दिए। ‘अमेरिकामा व्यक्तिगत स्वतन्त्रताको सम्मान हुन्छ। उनीहरुले मलाई यतैको ह्याट नदिएका होइनन्। तर, मैले अनुरोध गरेपछि नेपालकै ह्याट लगाउन छुट पाएको छु,’ उनी भन्छन्।

उनले प्रयोग गर्ने ह्याट सन् २०१३ मा नेपालमा भएको एसीसी टी२० कपको बेला क्यानले दिएको हो। अब त यो ह्याट पुरानो भइसकेको छ। नेपालबाट चिनजानका मान्छे अमेरिका जाँदा अर्को ह्याट मगाउने योजना छ।

यसरी पाए अमेरिकामा अवसर
शैलेन्द्र अमेरिका पुगेको बेला अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यूएस क्रिकेट बोर्डलाई निलम्बन गरेको थियो। राष्ट्रियस्तरको प्रतियोगिता हुँदैन थियो। उनी शनिबार र आइतबार हुने स्थानीय लिगहरु खेलाउँथे। 

अमेरिकामा अर्का क्रिकेट अम्पायर रवि शंकर (दायाँ) सँग शैलेन्द्र।

केही समयपछि यूएस क्रिकेट बोर्ड प्रतिबन्धमै पर्‍यो। त्यति बेला उनलाई आफ्नो ‘करिअर’ क्रिकेटमा अघि बढ्न नसक्ने चिन्ता भयो। तर, अहिले प्रतिबन्ध हटिसकेको छ। अमेरिकामा क्रिकेट फेरि फर्किएको छ। उनी भन्छन्, ‘यहाँ नेपालजस्तो वर्षमा एक वा दुई प्रतियोगिता मात्र हुने होइन। वर्षैभरि मेजर, माइनर र स्थानीय लिगहरु हुन्छन्। सबै उमेर समूहमा पुरुष र महिलाका खेल हुन्छन्। त्यसैले खेलाडी, अम्पायर र प्रशिक्षक सबैलाई अवसर छ।’

स्थानीय प्रतियोगिता खेलाउन थालेपछि उनको सम्पर्क भारतीय मूलका अमेरिकी नागरिक जतिन पटेलसँग भयो। त्यसबेला अमेरिकाको क्रिकेट बोर्डमाथि आइसीसीले लगाएको प्रतिबन्ध भर्खरै हटेको थियो। पटेल अमेरिकाका प्रख्यात क्रिकेट प्रशिक्षक हुन्। उनी क्रिकेट बोर्डको प्राविधिक समितिको सल्लाहकार पनि छन्। पटेलले उनको बायोडाटा हेरेपछि कोचिङ कोर्ष लिन सुझाव दिए। उनले कोचिङ कोर्ष लेभल–१ र २ पूरा गरिसकेका छन्। लेभल–३ चल्दैछ।

Ncell 2
Ncell 2
nimb
nimb

अम्पायरिङमा भने उनले नेपाल हुँदै लेभल–२ एक्रिडिएसन लिइसकेका थिए। अब अमेरिकामा लेभल ३ कोर्ष लिने तयारी गरिरहेका छन्। तर, अम्पायरिङमा उनको व्यस्तता बढिरहेको छ।

यो साता नवप्रतिभा खोज्न भइरहेको यु–१७ प्रतियोगितामा शैलेन्द्रले लगातार चार दिन अम्पायरिङ गरे। अब जुलाई ३ देखि ५ सम्म हुने सिनियर टी२० मा उनले अम्पायरिङ गर्नेछन्। अनि फेरि यु–१५ र यु–१३ छनोट खेलमा व्यस्त हुनेछन्। पहिल्यै तय भइसकेका यी खेलका कारण उनी नेपाली राइनो र नेपाली राइनो अल–स्टार्सले भाग लिइरहेको लसएन्जल्स खुला टी२० प्रतियोगितामा अम्पायरिङ गर्न जान सकेनन्। नेपाली राइनो अल–स्टार्सबाट वसन्त रेग्मी र पृथु बास्कोटा पनि खेलिरहेका छन्। उक्त टीमको कप्तान कनिष्क चौगाईं हुन्।

अमेरिकामा अम्पायरिङ गर्दै शैलेन्द्र। तस्वीर सौजन्य : यूएससीबी

शैलेन्द्र क्यालिफोर्नियाको सानफ्रान्सिस्को बस्छन्। अमेरिकामा बसेर क्रिकेट खेल्ने नेपाली खेलाडीहरुसँग एक पटकबाहेक उनको भेट भएको छैन। बन्टु बटाजु भने क्यालिफोर्निया नै बस्ने भएकाले भेट भइरहन्छ। नेपाल सन् २००६ मा यु–१९ विश्वकपको प्लेट च्याम्पियन हुँदा बटाजु प्रमुख बलर थिए। अहिले उनी त्यहाँको एनसीसीए लिग खेल्छन्। शैलेन्द्र पनि उक्त लिग खेलाउन पुग्छन्। बटाजुले राम्रो प्रदर्शन गरिरहेका कारण माथिल्लो श्रेणीका लिगमा मौका पाइरहेको शैलेन्द्र बताउँछन्।

यसपटक भने शैलेन्द्रले एनसीसीए लिग खेलाउन पाएनन्। उनले व्यस्तताका कारण एनसीसीएसहित लस एन्जल्स टी२० र बाका लिग खेलाउने प्रस्ताव स्वीकार गर्न सकेनन्। अहिले उनलाई यूएस क्रिकेट बोर्डले पूर्णकालीन अम्पायर बन्न प्रस्ताव गरेको छ। आगामी सेप्टेम्बरसम्मका लागि खेलहरु दिने प्रस्ताव पनि गरेको छ। तर, गरिरहेको काम छाड्न सकेका छैनन्। उनी भन्छन्, ‘भविष्यमा पूर्ण रुपमा अम्पायरतिरै लाग्छु। अहिले भने गरिरहेको काम पनि राम्रो छ, त्यसैले तत्कालै छाडिहालेको छैन।’

Xtrem

Xtrem

अमेरिकामा दुई प्रकारका लिग हुन्छन्, मेजर र माइनर। मेजर लिगमा विदेशी खेलाडी पनि आबद्ध हुन्छन्। माइनर लिगमा देशभित्रकै खेलाडी मात्र हुन्छन्। मेजर लिग सुरु भएपछि हरेक दिनजसो खेल हुन्छ। तर, माइनर लिग बिदाका दिन शनिबार र आइतबार मात्र हुन्छन्। उनले शनिबार र आइतबार खेलाउन नियमित कामबाट बिदा लिनु पर्दैन। त्यसबाहेक उनले महिनाको दुई दिन बिदा पाउँछन्। उक्त बिदा नलिएर जोगाउन मिल्छ। उनी भन्छन्, ‘म हरेक महिनाको बिदा जोगाउँछु र मेजर लिग हुँदा त्यसको सदुपयोग गर्छु। अन्य काममा बिदा बस्ने गरेको छैन।’ 

खेल्दा खेल्दै अम्पायर
शैलेन्द्र क्रिकेट खेलाडी थिए। सुनसरीमा हुने जिल्लास्तरीय प्रतियोगितामा भाग लिन्थे। पछि इनरुवाको क्रिकेट टीमको कप्तान भए। लेग स्पिनर थिए, आफ्नो स्पिनमा धेरै ब्याट्स्म्यानलाई घुमाउँथे। त्यति बेला मेहबुब आलम बल्ल चम्किन थालेका थिए। शैलेन्द्र सुनसरीबाट खेल्दा क्षेत्रीय प्रतियोगितामा मेहबुब सप्तरीबाट खेल्थे। 

प्रतियोगिताहरु धेरै हुँदैन थिए। आफैं आयोजना गरेर टीम बोलाउनुपथ्र्यो। भारतीय टीमहरु पनि खेल्न आउँथे। एकपटक इनरुवामा भएको प्रतियोगितामा भारतीय टीम र भारतबाटै अम्पायर बोलाइएको थियो। नेपालमा राम्रो अम्पायर थिएनन्। भारतको टीम त आयो, अम्पायर आएनन्। अनि सिनियरहरुले शैलेन्द्रलाई नै अम्पायरिङ गर्न भने।

उनी नयाँ भूमिकामा पनि जमे। अनि त धरान, विराटनगर, झापा लगायत ठाउँबाट अम्पायरिङ गरिदिन निम्ता आउन थाल्यो। उनको भूमिका बदलियो।

त्यस बेला धरानका सुधाकर घलेले राष्ट्रिय प्रतियोगिता खेलिसकेका थिए। उनैले शैलेन्द्रलाई क्यानले दिने अम्पायरिङ तालिममा भाग लिन सुझाव दिए। सन् २००१ मा अम्पायरहरुलाई तालिम दिन श्रीलंकाका पिटर म्यानुवल आएका थिए। त्यो तालिम लिएको करीब दुई वर्षपछि उनले वीरगञ्जमा भएको यू–१५ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाए। अनि उनी खेल जीवन त्यागेर अम्पायरिङमा लागे। त्यति बेला बुद्धि प्रधान, सञ्जय गुरुङ, विनय झाहरु अम्पायरिङ गर्थे।

सन् २०१५ मा नेपाल र ग्गुस्टरशायरबीचको अभ्यास खेलअघि खेलाडीलाई घन्टी बजाएर जानकारी दिँदै। खेल शुरु हुनु पाँच मिनेटअघि यसरी अफिसियल घन्टी बजाउने चलन छ।

उनले सन् २००६ मा एसीसी यु–१९ महिला क्रिकेटको अम्पायरिङ गरे। त्यसपछि अन्य अन्तराष्ट्रिय प्रतियोगितामा पनि मौका पाउन थाले। अन्तिमपटक उनले नेपाली टोलीसँग सन् २०१५ मा बेलायतको भ्रमण गरेका थिए। वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् स्कटल्यान्डसँग खेल्न नेपाल त्यहाँ गएको थियो। त्यसअघि नेपालले विभिन्न काउन्टी क्लाबहरुसँग अभ्यास खेल खेलेको थियो। ती अभ्यास खेलमा शैलेन्द्रले पनि अम्पायरिङ गरेका थिए।

क्रिकेटमा फड्को मार्दै अमेरिका
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तीन देशबीचको एक दिवसीय श्रृङ्खला खेल्न अमेरिकी क्रिकेट टीम फेब्रुअरी २०२० मा नेपाल आएको थियो। नेपाल र ओमानसँगका सबै चार खेल गुमाउँदै अमेरिका घर फर्किएको थियो। उक्त लिगको अंक तालिकामा अमेरिका दोस्रो स्थानमा छ। उसले खेलेका १२ खेलमध्ये ६ मा जित हात पारेको छ।

अबको केही वर्षमा अमेरिकाले क्रिकेटमा फड्को मार्ने शैलेन्द्रको अनुमान छ। उनी भन्छन्, ‘अमेरिकाले क्रिकेटमा लगानी गरिरहेको छ। भौतिक पूर्वाधार बनिरहेका छन्। वर्षैभरि विभिन्न लिगहरु हुन थालेका छन्। टेस्ट खेलिरहेका देशका खेलाडी पनि आएका छन्। अबको १० वर्षमा अमेरिका टेस्ट खेल्ने देशको सूचीमा हुनसक्छ।’

उनले भनेजस्तै अमेरिकामा अहिले जताततै मैदानहरु बनिरहेका छन्। त्यहाँका नगरपालिका र शहरहरुले क्रिकेट विकासका लागि पूर्वाधार निर्माणमा जोड दिएका छन्। एकै स्थानमा दुई तीन वटा मैदान छन्। टेक्सासमा त एकै स्थानमा सात वटा मैदान बनेका छन्।

विश्वभरिका खेलाडी पनि अमेरिकाबाट क्रिकेट खेल्न पुगेका छन्। न्यूजिल्यान्डबाट १३ टेस्ट खेलिसकेका र इन्डियन प्रिमियर लिग (आईपीएल) समेत खेलेका कोरी एन्डरसन अहिले अमेरिकाबाट खेल्दैछन्। त्यस्तै वेष्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान र भारतबाट पनि खेलाडी अमेरिका पुगेका छन्। 

अमेरिकाको क्रिकेटलाई नजिकबाट नियालिरहेका शैलेन्द्र नेपालको क्रिकेट गतिविधिबाट सन्तुष्ट छैनन्। यहाँ प्रतियोगिताको कमी त छ नै भौतिक पूर्वाधार पनि छैन। उनले १८ वर्षअघि अम्पायरिङ गरेको कीर्तिपुर मैदानको पिच अहिले पनि उस्तै छ। ‘त्यो पिच त अब मृत भइसक्यो, तर, त्यसैमा खेल भइरहेको छ। अनि कसरी खेलाडीको प्रतिभा निखारिन्छ?’ उनी भन्छन्।

यहाँ भौतिक पूर्वाधारको विकास पनि भएको छैन। नेपालले टी२० विश्वकप खेलिसकेको छ। ओडीआई मान्यता पाएको छ। तर, अन्तराष्ट्रियस्तरको खेल मैदान भने कीर्तिपुर मात्र हो। मूलपानीमा बन्न थालेको मैदान र रंगशाला डेढ दशकदेखि अलपत्र छन्। ‘खेलाडीले खेलेर मात्र हुँदैन, प्रतिभा निखार्न प्रतियोगिता हुनु र मैदानहरु पर्याप्त हुनु आवश्यक छ। नेपालले क्रिकेटमा काम गर्न सकेको छैन’, उनी भन्छन्।

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार, असोज २१, २०८३
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्