• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपालको ह्याट लगाएर अमेरिकामा क्रिकेट अम्पायरिङ गरिरहेका शैलेन्द्र

64x64
प्रकाश गुरागाईं शनिबार, असार १९, २०७८  ०८:४९
1140x725

काठमाडौं– अमेरिकामा १७ वर्षभन्दा कम उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेको छ। पिचको एउटा ‘एन्ड’मा उभिएका अम्पायरको ह्याटमा नेपाल क्रिकेट संघ (क्यान) को लोगो छ। नेपालको झन्डा र एकसिंगे गैंडाको लोगो भएको ह्याट लगाएर अमेरिकामा क्रिकेट खेलाइरहेका छन्, शैलेन्द्रराज नेपाल।

यो प्रतियोगिता लगत्तै सिनियरको राष्ट्रिय टी २० प्रतियोगिता पनि हुँदैछ। उक्त प्रतियोगितामा पनि शैलेन्द्रले अम्पायरिङ गर्ने छन्। उनी अमेरिकाका व्यस्त अम्पायरमध्ये एक हुन्। मैदानमा अम्पायरिङ गरिरहँदा उनको पहिचान बनेको छ, ह्याट। 

शैलेन्द्र काम विशेषले सन् २०१६ मा अमेरिका पुगेका थिए। अमेरिकामा केही समय बसेपछि उतै क्रिकेटमा ‘करिअर’ बनाउने रहर लाग्यो। उनी कामसँगै स्थानीयस्तरका प्रतियोगिता खेलाउन थाले। क्यानले उपलब्ध गराएको ह्याट लिएर अमेरिका पुगेका शैलेन्द्रले त्यही लगाएर अम्पायरिङ सुरु गरे। उक्त ह्याटले आफ्नो आत्मविश्वास जगाउने शैलेन्द्र बताउँछन्। ‘आफ्नो जन्मभूमि सम्झिरहनका लागि पनि मैले यो ह्याट लगाएको हुँ,’ उनी भन्छन्। 

उनको ह्याटबारे यूएस क्रिकेट बोर्डले प्रश्न पनि गरेको थियो। आफूले जन्मभूमिको सम्मानमा लगाएको र लगाइरहने जवाफ दिए। ‘अमेरिकामा व्यक्तिगत स्वतन्त्रताको सम्मान हुन्छ। उनीहरुले मलाई यतैको ह्याट नदिएका होइनन्। तर, मैले अनुरोध गरेपछि नेपालकै ह्याट लगाउन छुट पाएको छु,’ उनी भन्छन्।

उनले प्रयोग गर्ने ह्याट सन् २०१३ मा नेपालमा भएको एसीसी टी२० कपको बेला क्यानले दिएको हो। अब त यो ह्याट पुरानो भइसकेको छ। नेपालबाट चिनजानका मान्छे अमेरिका जाँदा अर्को ह्याट मगाउने योजना छ।

यसरी पाए अमेरिकामा अवसर
शैलेन्द्र अमेरिका पुगेको बेला अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यूएस क्रिकेट बोर्डलाई निलम्बन गरेको थियो। राष्ट्रियस्तरको प्रतियोगिता हुँदैन थियो। उनी शनिबार र आइतबार हुने स्थानीय लिगहरु खेलाउँथे। 

अमेरिकामा अर्का क्रिकेट अम्पायर रवि शंकर (दायाँ) सँग शैलेन्द्र।

केही समयपछि यूएस क्रिकेट बोर्ड प्रतिबन्धमै पर्‍यो। त्यति बेला उनलाई आफ्नो ‘करिअर’ क्रिकेटमा अघि बढ्न नसक्ने चिन्ता भयो। तर, अहिले प्रतिबन्ध हटिसकेको छ। अमेरिकामा क्रिकेट फेरि फर्किएको छ। उनी भन्छन्, ‘यहाँ नेपालजस्तो वर्षमा एक वा दुई प्रतियोगिता मात्र हुने होइन। वर्षैभरि मेजर, माइनर र स्थानीय लिगहरु हुन्छन्। सबै उमेर समूहमा पुरुष र महिलाका खेल हुन्छन्। त्यसैले खेलाडी, अम्पायर र प्रशिक्षक सबैलाई अवसर छ।’

स्थानीय प्रतियोगिता खेलाउन थालेपछि उनको सम्पर्क भारतीय मूलका अमेरिकी नागरिक जतिन पटेलसँग भयो। त्यसबेला अमेरिकाको क्रिकेट बोर्डमाथि आइसीसीले लगाएको प्रतिबन्ध भर्खरै हटेको थियो। पटेल अमेरिकाका प्रख्यात क्रिकेट प्रशिक्षक हुन्। उनी क्रिकेट बोर्डको प्राविधिक समितिको सल्लाहकार पनि छन्। पटेलले उनको बायोडाटा हेरेपछि कोचिङ कोर्ष लिन सुझाव दिए। उनले कोचिङ कोर्ष लेभल–१ र २ पूरा गरिसकेका छन्। लेभल–३ चल्दैछ।

Ncell 2
Ncell 2
nimb
nimb

अम्पायरिङमा भने उनले नेपाल हुँदै लेभल–२ एक्रिडिएसन लिइसकेका थिए। अब अमेरिकामा लेभल ३ कोर्ष लिने तयारी गरिरहेका छन्। तर, अम्पायरिङमा उनको व्यस्तता बढिरहेको छ।

यो साता नवप्रतिभा खोज्न भइरहेको यु–१७ प्रतियोगितामा शैलेन्द्रले लगातार चार दिन अम्पायरिङ गरे। अब जुलाई ३ देखि ५ सम्म हुने सिनियर टी२० मा उनले अम्पायरिङ गर्नेछन्। अनि फेरि यु–१५ र यु–१३ छनोट खेलमा व्यस्त हुनेछन्। पहिल्यै तय भइसकेका यी खेलका कारण उनी नेपाली राइनो र नेपाली राइनो अल–स्टार्सले भाग लिइरहेको लसएन्जल्स खुला टी२० प्रतियोगितामा अम्पायरिङ गर्न जान सकेनन्। नेपाली राइनो अल–स्टार्सबाट वसन्त रेग्मी र पृथु बास्कोटा पनि खेलिरहेका छन्। उक्त टीमको कप्तान कनिष्क चौगाईं हुन्।

अमेरिकामा अम्पायरिङ गर्दै शैलेन्द्र। तस्वीर सौजन्य : यूएससीबी

शैलेन्द्र क्यालिफोर्नियाको सानफ्रान्सिस्को बस्छन्। अमेरिकामा बसेर क्रिकेट खेल्ने नेपाली खेलाडीहरुसँग एक पटकबाहेक उनको भेट भएको छैन। बन्टु बटाजु भने क्यालिफोर्निया नै बस्ने भएकाले भेट भइरहन्छ। नेपाल सन् २००६ मा यु–१९ विश्वकपको प्लेट च्याम्पियन हुँदा बटाजु प्रमुख बलर थिए। अहिले उनी त्यहाँको एनसीसीए लिग खेल्छन्। शैलेन्द्र पनि उक्त लिग खेलाउन पुग्छन्। बटाजुले राम्रो प्रदर्शन गरिरहेका कारण माथिल्लो श्रेणीका लिगमा मौका पाइरहेको शैलेन्द्र बताउँछन्।

यसपटक भने शैलेन्द्रले एनसीसीए लिग खेलाउन पाएनन्। उनले व्यस्तताका कारण एनसीसीएसहित लस एन्जल्स टी२० र बाका लिग खेलाउने प्रस्ताव स्वीकार गर्न सकेनन्। अहिले उनलाई यूएस क्रिकेट बोर्डले पूर्णकालीन अम्पायर बन्न प्रस्ताव गरेको छ। आगामी सेप्टेम्बरसम्मका लागि खेलहरु दिने प्रस्ताव पनि गरेको छ। तर, गरिरहेको काम छाड्न सकेका छैनन्। उनी भन्छन्, ‘भविष्यमा पूर्ण रुपमा अम्पायरतिरै लाग्छु। अहिले भने गरिरहेको काम पनि राम्रो छ, त्यसैले तत्कालै छाडिहालेको छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अमेरिकामा दुई प्रकारका लिग हुन्छन्, मेजर र माइनर। मेजर लिगमा विदेशी खेलाडी पनि आबद्ध हुन्छन्। माइनर लिगमा देशभित्रकै खेलाडी मात्र हुन्छन्। मेजर लिग सुरु भएपछि हरेक दिनजसो खेल हुन्छ। तर, माइनर लिग बिदाका दिन शनिबार र आइतबार मात्र हुन्छन्। उनले शनिबार र आइतबार खेलाउन नियमित कामबाट बिदा लिनु पर्दैन। त्यसबाहेक उनले महिनाको दुई दिन बिदा पाउँछन्। उक्त बिदा नलिएर जोगाउन मिल्छ। उनी भन्छन्, ‘म हरेक महिनाको बिदा जोगाउँछु र मेजर लिग हुँदा त्यसको सदुपयोग गर्छु। अन्य काममा बिदा बस्ने गरेको छैन।’ 

खेल्दा खेल्दै अम्पायर
शैलेन्द्र क्रिकेट खेलाडी थिए। सुनसरीमा हुने जिल्लास्तरीय प्रतियोगितामा भाग लिन्थे। पछि इनरुवाको क्रिकेट टीमको कप्तान भए। लेग स्पिनर थिए, आफ्नो स्पिनमा धेरै ब्याट्स्म्यानलाई घुमाउँथे। त्यति बेला मेहबुब आलम बल्ल चम्किन थालेका थिए। शैलेन्द्र सुनसरीबाट खेल्दा क्षेत्रीय प्रतियोगितामा मेहबुब सप्तरीबाट खेल्थे। 

प्रतियोगिताहरु धेरै हुँदैन थिए। आफैं आयोजना गरेर टीम बोलाउनुपथ्र्यो। भारतीय टीमहरु पनि खेल्न आउँथे। एकपटक इनरुवामा भएको प्रतियोगितामा भारतीय टीम र भारतबाटै अम्पायर बोलाइएको थियो। नेपालमा राम्रो अम्पायर थिएनन्। भारतको टीम त आयो, अम्पायर आएनन्। अनि सिनियरहरुले शैलेन्द्रलाई नै अम्पायरिङ गर्न भने।

उनी नयाँ भूमिकामा पनि जमे। अनि त धरान, विराटनगर, झापा लगायत ठाउँबाट अम्पायरिङ गरिदिन निम्ता आउन थाल्यो। उनको भूमिका बदलियो।

त्यस बेला धरानका सुधाकर घलेले राष्ट्रिय प्रतियोगिता खेलिसकेका थिए। उनैले शैलेन्द्रलाई क्यानले दिने अम्पायरिङ तालिममा भाग लिन सुझाव दिए। सन् २००१ मा अम्पायरहरुलाई तालिम दिन श्रीलंकाका पिटर म्यानुवल आएका थिए। त्यो तालिम लिएको करीब दुई वर्षपछि उनले वीरगञ्जमा भएको यू–१५ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाए। अनि उनी खेल जीवन त्यागेर अम्पायरिङमा लागे। त्यति बेला बुद्धि प्रधान, सञ्जय गुरुङ, विनय झाहरु अम्पायरिङ गर्थे।

सन् २०१५ मा नेपाल र ग्गुस्टरशायरबीचको अभ्यास खेलअघि खेलाडीलाई घन्टी बजाएर जानकारी दिँदै। खेल शुरु हुनु पाँच मिनेटअघि यसरी अफिसियल घन्टी बजाउने चलन छ।

उनले सन् २००६ मा एसीसी यु–१९ महिला क्रिकेटको अम्पायरिङ गरे। त्यसपछि अन्य अन्तराष्ट्रिय प्रतियोगितामा पनि मौका पाउन थाले। अन्तिमपटक उनले नेपाली टोलीसँग सन् २०१५ मा बेलायतको भ्रमण गरेका थिए। वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् स्कटल्यान्डसँग खेल्न नेपाल त्यहाँ गएको थियो। त्यसअघि नेपालले विभिन्न काउन्टी क्लाबहरुसँग अभ्यास खेल खेलेको थियो। ती अभ्यास खेलमा शैलेन्द्रले पनि अम्पायरिङ गरेका थिए।

क्रिकेटमा फड्को मार्दै अमेरिका
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तीन देशबीचको एक दिवसीय श्रृङ्खला खेल्न अमेरिकी क्रिकेट टीम फेब्रुअरी २०२० मा नेपाल आएको थियो। नेपाल र ओमानसँगका सबै चार खेल गुमाउँदै अमेरिका घर फर्किएको थियो। उक्त लिगको अंक तालिकामा अमेरिका दोस्रो स्थानमा छ। उसले खेलेका १२ खेलमध्ये ६ मा जित हात पारेको छ।

अबको केही वर्षमा अमेरिकाले क्रिकेटमा फड्को मार्ने शैलेन्द्रको अनुमान छ। उनी भन्छन्, ‘अमेरिकाले क्रिकेटमा लगानी गरिरहेको छ। भौतिक पूर्वाधार बनिरहेका छन्। वर्षैभरि विभिन्न लिगहरु हुन थालेका छन्। टेस्ट खेलिरहेका देशका खेलाडी पनि आएका छन्। अबको १० वर्षमा अमेरिका टेस्ट खेल्ने देशको सूचीमा हुनसक्छ।’

उनले भनेजस्तै अमेरिकामा अहिले जताततै मैदानहरु बनिरहेका छन्। त्यहाँका नगरपालिका र शहरहरुले क्रिकेट विकासका लागि पूर्वाधार निर्माणमा जोड दिएका छन्। एकै स्थानमा दुई तीन वटा मैदान छन्। टेक्सासमा त एकै स्थानमा सात वटा मैदान बनेका छन्।

विश्वभरिका खेलाडी पनि अमेरिकाबाट क्रिकेट खेल्न पुगेका छन्। न्यूजिल्यान्डबाट १३ टेस्ट खेलिसकेका र इन्डियन प्रिमियर लिग (आईपीएल) समेत खेलेका कोरी एन्डरसन अहिले अमेरिकाबाट खेल्दैछन्। त्यस्तै वेष्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान र भारतबाट पनि खेलाडी अमेरिका पुगेका छन्। 

अमेरिकाको क्रिकेटलाई नजिकबाट नियालिरहेका शैलेन्द्र नेपालको क्रिकेट गतिविधिबाट सन्तुष्ट छैनन्। यहाँ प्रतियोगिताको कमी त छ नै भौतिक पूर्वाधार पनि छैन। उनले १८ वर्षअघि अम्पायरिङ गरेको कीर्तिपुर मैदानको पिच अहिले पनि उस्तै छ। ‘त्यो पिच त अब मृत भइसक्यो, तर, त्यसैमा खेल भइरहेको छ। अनि कसरी खेलाडीको प्रतिभा निखारिन्छ?’ उनी भन्छन्।

यहाँ भौतिक पूर्वाधारको विकास पनि भएको छैन। नेपालले टी२० विश्वकप खेलिसकेको छ। ओडीआई मान्यता पाएको छ। तर, अन्तराष्ट्रियस्तरको खेल मैदान भने कीर्तिपुर मात्र हो। मूलपानीमा बन्न थालेको मैदान र रंगशाला डेढ दशकदेखि अलपत्र छन्। ‘खेलाडीले खेलेर मात्र हुँदैन, प्रतिभा निखार्न प्रतियोगिता हुनु र मैदानहरु पर्याप्त हुनु आवश्यक छ। नेपालले क्रिकेटमा काम गर्न सकेको छैन’, उनी भन्छन्।

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ र... बुधबार, कात्तिक ११, २०८३
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरालाई ब्याटिङको निम्तो द... बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य सिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ बुधबार, कात्तिक ११, २०८३
सुदूरपश्चिमले पोखराविरुद्ध पहिले बलिङ गर्ने बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्