काठमाडाैं- नेपाल चेम्बर अफ कमर्सले आगामी माैद्रिक नीतिमा निजी क्षेत्रको मनोबल कायम राखी आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकता दिन नेपाल राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ।
चेम्बरले शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आगामी मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत गर्दै उक्त आग्रह गरेको हो।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गभर्नर अधिकारीलाई चेम्बरको तर्फबाट सुझाव पेस गरेका थिए। त्यसक्रममा उनले कोभिड-१९ महामारीबाट प्रभावित निजी क्षेत्रको मनोबल बढाउने गरी माैद्रिक नीति आउनुपर्ने बताएका थिए।
कोभिडका कारण मुलुकको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै चेम्बरले आर्थिक गतिविधि चलायमान बनाउँदै पुनरुत्थानलाई पहिलो प्राथमिकता दिन ३७ बुँदे सुझाव राष्ट्र बैंकसमक्ष पेस गरेको छ।
यी हुन् चेम्बरले दिएका सुझाव:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।