विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको पक्षमा बहस गर्ने प्रदेशसभाका सांसदमाथि कारबाही प्रक्रिया सुरु भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीबार बसेको प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीलाई लिखित स्पष्टिकरण सोध्ने निर्णय गरेको हो। पदीय आचरणविपरीत तस्करको पक्षमा बोलेको भन्दै उनलाई कारबाहीका लागि स्पष्टिकरण सोधिएको पार्टीले जनाएको छ।
१ नम्बर प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईका अनुसार स्पष्टिकरण सोधेर उनीमाथि कारबाही सुरु गरिएको छ।
पदीय मर्यादाविपरीत उनले तस्करको पक्षमा बहस गरेको भन्दै आलोचना हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।