काठमाडाैं- अमेरिकी कमेडियन बिल कस्बी जेलबाट छुटेका छन्। अदालतले यौन हिंसाको अभियोगमा दोषी ठहर गर्ने आदेश ‘ओभरटर्न’ गरेपछि उनी छुटेका हुन्।
पूर्वबास्केटबल खेलाडी एन्ड्रिया कन्स्ट्याण्डलाई लागुऔषध दिएको तथा यौन दुर्व्यवहार गरेको अभियोगमा सन् २०१८ मा बिल दोषी ठहर भएका थिए।
तर, पेन्सिलभेनियाको सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्ने तल्लो अदालतको आदेश दुई वर्ष पहिलेको आदेश उल्ट्याएको हाे। न्यायाधीशले बिललाई दोषी ठहर गर्ने बेला प्रक्रियागत उल्लंघन भएको बताएका थिए।
त्यसको केही घण्टापछि नै बिल जेलबाट बाहिरिएका हुन्। ८३ वर्षका बिलले फिलाडेलफियामा रहेको राज्यको जेलमा तीनदेखि १० वर्षको जेल सजायमध्ये दुई वर्षभन्दा धेरै बिताइसकेका थिए।
सन् १९८० को दशकको द कस्बी शो का लागि उनी निकै चर्चित छन्। दर्जनौँ महिलाहरुले सार्वजनिक रुपमा बिलमाथि यौन हिंसाको आरोप लगाएका थिए।
तर एन्ड्रियामाथि भएको घटनालाई लिएर मात्रै उनीमाथि आपराधिक मुद्दा चलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।