काठमाडौं- चर्चित बलिउड अभिनेता दिलीप कुमार पुन: अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई पुन अस्पताल भर्ना गरिएको हो।
उनलाई १० दिन पहिला अस्पतालबाट डिस्चार्ज गरिएको थियो। ९८ वर्षीय कुमारलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ती गरिएको छ। उनलाई आइसीयूमा राखेर उपचार थालिएको छ।
उनलाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो। दिलीप कुमारको स्वास्थ्यमा सुधार आइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।