काठमाडौं- बलिउड अभिनेता नसिरूद्दीन शाहको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ। बुधबार उनकी पत्नी एवं अभिनेत्री रत्ना पाठक शाहले नसिरूद्दीन शाहलाई मुम्बईको खार हिन्दुजा अस्पतालमा मंगलबार भर्ना गरिएको जानकारी दिइन्।
७० वर्षीय नसीरुद्दीनको फोक्सोमा समस्या देखिएको थियो। निमोनिया देखिएपछि उनको उचार जारी रहेको हो। रत्ना पाठक शाहले समाचार एजेन्सी पीटीआईलाई बताए अनुसार नसीरुद्दीनको स्वास्थ्यमा सुधार भइरहेको छ। "उनको अवस्थामा सुधार आइरहेको र चाडैं नै अस्पतालबाट छुट्टी मिल्नेछ।"
नसिरूद्दीन शाहले अभिनय जीवनको शुरुआत १९७५ मा श्याम बेनेगल को 'निशांत' बाट शुरू गरेका थिए र ७०-८० को दशकमा उनी चर्चामा थिए।
नसिरूद्दीन शाह ले 'स्पर्ष, 'जाने भी दो यारो' जस्ता फिल्ममा काम गरेका थिए। शेखर कपूरको निर्देशनमा बनेको 'मासूम' र 'मिर्च मसाला' मा पनि नसिरूद्दीन को यादगार भूमिका थियो।
सय भन्दा धेरै फिल्ममा काम गरिसकेका नसिरूद्दीन शाहले तीन राष्ट्रीय पुरस्कार जीतेका छन्। पछिल्लो दुई दशकमा नसिरूद्दीन केही सफल फिल्ममा काम गरेका छन्। जसमा विशाल भारद्वाजको 'इश्किया', 'द डर्टी पिक्चर' र जोया अख्तरको 'ज़िंदगी न मिलेगी दोबारा' जस्ता फिल्म रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।