• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नीति तथा कार्यक्रम र बजेटबीच तालमेल मिलेन : विज्ञ

64x64
नेपाल लाइभ बिहीबार, जेठ १७, २०७५  १३:१५
1140x725

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई विज्ञले नीति तथा कार्यक्रमसँग तालमेल नमिलेको भन्ने टिप्पणी गरेका छन्। 

इन्स्टिच्युसन फर स्ट्राटेजिक सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको बजेट छलफल कार्यक्रममा अधिकांश वक्ताले सरकारको नीति तथा कर्यक्रम र बजेटबीच तालमेल नमिलेको टिप्पणी गरे। उनीहरुले अर्थमन्त्री डा युवराज खतिवडा जोखिमबाट बच्न सुरक्षित ठाउँमा बस्न खोज्दा तालमेल नमिलेको आरोप लगाएका हुन्।

कार्यक्रममा कसले के भनेः

करको दर उच्च 
डा रामशरण महत, पूर्व अर्थमन्त्री 

यस पटकको बजेटको अकार सानो भयो भनिए पनि प्रान्तीय बजेटहरुलाई जोड्दा यो ठूलो हुन्छ। स्थानीय र प्रादेशिक बजेट जोड्दा १६ अर्ब रुपैयाँ बराबरको हो। जुन कुल ग्रार्हस्थ उत्पादन (जिडिपी)को ५० प्रतिशतभन्दा बढी हुन्छ। त्यसलाई व्यवस्थापन गर्न स्रोत व्यवस्थापन गर्नु मुख्य चुनौती छ। मुख्य स्रोतको रुपमा रहेको करको दर अहिले नै उच्च छ। जिडिपीको २४ प्रतिशत राजस्व र कर उठाउने मुलुक विरलै छ। यसलाई अहिलेको बजेटले ३०  प्रतिशत बनाउने लक्ष्य राखेको छ। यो सबै जोड्दा जिडिपीको ३५ प्रतिशत कर वृद्धि हुने देखिन्छ। जुन मुलुकमा कर बढाइएको छ, त्यहाँ लगानी कसरी आकर्षित हुन्छ? 

बजेटको चर्चा धेरै भयो। सरकारको नीति एकतर्फ र बजेट अर्कोतर्फ फर्किएको देखिएको छ। २ वर्षमा २० लाख पर्यटक, एक वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने, पाँच वर्षमा राष्ट्रिय आय दोब्बर गर्ने, १० वर्षमा मध्यम आय वर्गमा नेपाल पुग्ने, ५ वर्षमा कृषि उत्पादन दोब्बर गर्ने जस्ता उच्च आकांक्षी बजेट घोषणा गरिएको छ। 

अर्थमन्त्री डा युवराज खतिवडाले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेट्न १२ प्रतिशत, कृषिमा ४ प्रतिशत र उद्योगमा ८ प्रतिशत वृद्धि गर्न सकिन्छ भन्नुभयो। तर, उहाँले अहिलेको अर्थिक वृद्धिदरको मुख्य धरातल भनेको उत्पादन क्षेत्र हो भन्ने बुझ्नुपर्छ। त्यसलाई नै आधार मानेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने थियो, त्यसो गर्नुभएन।  

नीतिगत कुरालाई नै निरन्तरता
शंकर कोइराला, पूर्व अर्थमन्त्री 

बजेटले पुराना नीतिगत कार्यक्रमलाई निरन्तरता दिएको छ। राष्ट्रिय गौरवका आयोजना, रणनीतिक योजना लगायतलाई अगाडि बढाइएको छ। सरकारले नयाँ कार्यक्रमका रुपमा मदन भण्डारी राजमार्ग, काभ्रेमा आन्तरिक विमानस्थल, प्रधानमन्त्रीको कार्यक्रम र पश्चिम सेती जलविद्युत् आयोजना ल्याएको छ। ऊर्जा र पर्यटनको प्राथमिकता राम्रो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वितरणमुखी बजेटका कारण संघ र केन्द्रमा द्वन्द्व बढाउँछ कि भन्ने लाग्छ। राजस्व उठाउने क्षमता पनि कमजोर छ। सरकारको पाँचवर्षे लक्ष्यसँग तालमेल नखाएको जस्तो देखिन्छ। कृषिको वृद्धिदर दोब्बर बनाउने निकै महत्वाकांक्षी लक्ष्य हो। सिँचाइ आयोजना अध्ययनबिना नै ल्याइएको छ। तत्काल सम्भव हुने योजना अगाडि बढाउनुपर्थ्यो। जस्तै, तामाकोसी आयोजना अहिले तयार हुने अवस्थामा छ। तल्लो अरुण पनि निर्माणको अन्तिम चरणमा छ। यसमा सरकारको ध्यान गएन। 

नीति तथा कार्यक्रमलाई समेटिएन
तिलक रावल, राष्ट्र बैंकका पूर्व गभर्नर

मुलुकमा सञ्चालित तीन/पाँच वर्षे आवधिक योजनाले के दिशा निर्देश गरेका हुन्छन्, त्यही अनुरुप नीति तथा कार्यक्रमको निर्माण गरिएको हुन्छ। त्यसलाई आधार मानेर बजेट आउनुपर्छ। साथै, पार्टीहरुले चुनावमा ल्याएको घोषणापत्रलाई पनि आधार बनाउनुपर्छ। अहिले सरकारमा रहेका दुई ठूला दलको घोषणापत्रमा १० वर्षमा कृषिको उत्पादन बढाउने, १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने लगायतका कुरा थिए। त्यसलाई बजेटले कति समेट्यो, हेर्नुपर्छ। यी कुरा बजेटमा प्रस्ट रुपमा उल्लेख गरिएको छैन। 

यो बजेटलाई महत्वकांक्षी भनिए पनि मलाई यो महत्वाकांक्षी लाग्दैन। आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा ३५/३६ अर्बले मात्रै बढेको छ। पुँजीगत खर्चमा पनि खासै परिर्वतन छैन। दुई तिहाइको सरकार बनेको छ, संविधान संशोधन गर्नसक्ने हैसियत सरकारसँग छ। आर्थिक समृद्धिको कुरा पनि भएको छ, यस्तो अवस्थामा आम जनताको अपेक्षा उच्च थियो। तर, त्यसलाई बजेटले सम्बोधन गर्न सकेन। कृषिमा ५ वर्षमा उत्पादन दोब्बर गर्ने भनिएको छ, प्रांगारिक खेतीलाई बढाउने भनिएको छ। यो सम्भव देखिँदैन। बजेटमा कृषिलाई गरिबी निवारण, बेरोजगारीको अन्त्य र खाद्यान्नको सुरक्षाको प्रत्याभूति गर्ने क्षेत्रको रुपमा हेरिएको छ। यसमा विवाद देखिएको छ। एकातिर कृषिबाट मानिस बाहिर तान्ने भन्ने अर्कातिर कृषिबाट बेरोजगारीको अन्त्य गर्ने भनिएको छ। यो कसरी सम्भव छ?

Xtrem

Xtrem

सरकारले २ वर्षमा २० लाख पर्यटक भित्र्याउने भनेको छ। जबकि अहिले त्रिभुवन विमानस्थलमा कम्तीमा पनि २० मिनेट जहाज होल्ड गर्ने अवस्था छ। यस्तो अवस्थामा सरकारले समयसीमा तोकेर निजगढ लगायतका विमानस्थल बनाउने योजना अगाडि सार्नुपर्थ्यो। त्यसलाई समेटिएको छैन। यस्तो अवस्थामा २० लाख पर्यटक कसरी आउने र त्यसको व्यवस्थापन कसरी गर्ने? काभ्रेमा विमानस्थल बनाउने कुरा छ, तर अहिलेको आवश्यकता नयाँ विमानस्थल बनाउनेभन्दा पनि भएका विमानस्थलको सुधारमा ध्यान दिनुपर्थ्यो। 

जोखिम उठाउन अर्थमन्त्री डराउनुभयोे
डा चन्द्रमणि अधिकारी, अर्थविद्

यो बजेट कम राजनीतिक र बढी प्राविधिक खालको छ। यसमा स्रोत र जनअपेक्षाबीच द्वन्द्व छ। जनताले स्थायी सरकार बनेको बेलामा छलाङ मार्नुपर्ने बजेट आउने अपेक्षा गरेका थिए। त्यस खालको बजेट आएन। नीति सिद्धान्त तथा प्राथमिकता बढ्न चाहिँ बढ्यो, तर गति समात्न सकेन। अर्थमन्त्री सुरक्षित ठाउँमा बसेर जोखिम कम लिनुभयो। राजनीतिक दलहरुको घोषणापत्र निर्माण गर्दा अध्ययन कम गरेर लेख्ने प्रचलन छ। बजेट निर्माण गर्दा दर्शन, स्रोत, नीति तथा कर्यक्रमबीच समन्वय हुनु आवश्यक हुन्छ। तर, बजेटमा यसको कमजोरी छ।  

अहिलेको बजेट १३ खर्ब १५ अर्बको भए पनि यो बजेट १४ खर्ब २९ अर्बको हो। किनभने, १ सय १४ अर्ब राजस्व बाडँफाँटबाट स्थानीय तहमा गएको छ। त्यो पनि बजेटकै अंगको हिसाबले विनियोजन भएको छ। पुँजीगत खर्च ३ सय १३ अर्ब राखिएको छ, तर त्यो ४ सय २९ खर्ब हुन्छ। त्यहाँबाट पनि स्थानीय तहमा जान्छ। त्यही अनुरुप निजी क्षेत्रको सहकार्य आवश्यक छ। पुँजीगत खर्चलाई सहीरुपमा पूर्वाधार क्षेत्रको विकासमा लगाउन सकिए निजी क्षेत्र आकर्षित हुन्छन्। यसको आधारमा ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुन्छ होला। तर, ८ प्रतिशत नै हुन्छ भन्नेमा शंका छ। तेलको मूल्य बढ्नु, बैंकको ब्याजदर बढ्नु, डलरसँग नेपाली मुद्रा कमजोर हुनु र ज्यालादर बढ्नुले अर्थतन्त्रमा चुनौती सिर्जना गर्छ। जसले परियोजना लागत बढ्छ, परियोजना नै छाड्नुपर्ने स्थिति समेत आउन सक्छ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्