काठमाडौं। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ।
सोमबार पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार असोज १२ देखि १४ गतेसम्म देशभरका अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने पूर्वानुमान रहेको जनाएको हो।
कोशी, नारायनणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वराप्ती, तिनाउ, बाणगँगाा, पश्चिम राप्ती र बबईको पानीको बहाव सामान्य रहेको छ। पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बाढी पूर्वानुमान बुलेटिन अनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि रहे तापनि हाल घट्दो क्रममा रहेको छ।
महाशाखाले आज बिहान ८ बजे सम्मको बुलेटिन अनुसार देशका अन्य प्रमुख तथा सहायक नदीहरूमा भने जलसतह सतर्कता तहभन्दा तल नै सामान्य अवस्थामा रहेको उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।