• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानमन्त्री कार्यालयलाई कुल बजेटको ११ प्रतिशत, अर्थविद् भन्छन्- संघीयताको मर्म विपरीत

64x64
नेपाल लाइभ बिहीबार, जेठ १७, २०७५  ११:५९
1140x725

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि मात्रै १ खर्ब ६४ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

जुन कुल विनियोजित बजेट १३ खर्ब १५ अर्ब १६ करोडको झन्डै ११ प्रतिशत (१०.८१) हुन आउँछ। अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसदमा पेश गरेको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वार्षिक कुल व्यय अनुमानसहित विभिन्न परियोजनाको लागि उक्त रकम विनियोजन गरेका हुन्।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लागि मात्रै १ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याएको छ। 

यसपटक संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई विस्तार गर्न बजेट विनियोजन गरेको छ भने नयाँ योजनाको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ। यस कार्यक्रममा व्यावसायिक कृषि, सिंचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, पूर्वाधार लगायत सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई समावेश गर्ने बजेटमा उल्लेख गरिएको छ।

यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई विस्तार गर्न ४ अर्ब ७७ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ। उक्त परियोजना अन्तर्गत चिया, कफी, अलैंची, सुपारी आलु, केरा तथा कागतीको उन्नत बिउ र विरुवामा अनुदान दिने बजेटमा उल्लेख छ। 

चालु आर्थिक वर्ष २०७४/०७५ मा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। यस पटक त्यसभन्दा १८ अर्ब बढी बजेट छुट्याइएको छ। तर, संघीयता लागू भइसकेको अवस्थामा स्थानीय तहमा बजेट खन्याउनुपर्नेमा केन्द्र सरकारले नै मुठी कसेर राखेको भन्दै आलोचना भइरहेको छ।

अर्थविद्को प्रश्न : यसरी गाउँगाउँमा सिंहदरबार कसरी पुग्ला? 

Ncell 2
Ncell 2
nimb
nimb

संघीयता कार्यान्वयनमा आइसकेपछि बनेको सरकारले ल्याएको बजेट प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरिनु संघीयताको मर्म विपरीत भएको अर्थविद् प्राडा रघुवीर विष्ट बताउँछन्।

स्थानीय तहका नगरपालिका र गाउँपालिकामार्फत विकास गर्ने उद्देश्य राखिए पनि बजेट केन्द्रमा थुपारिनु संघीयताकै विरोधाभास र विडम्बना भएको उनको भनाइ छ। 

'विकास-निर्माणका योजना संघीय सरकारले राख्नेभन्दा स्थानीय तहमा दिनुपर्ने हो', अर्थविद् विष्ट भन्छन्, 'यसले अन्तत: विगतमा जस्तै राजनीतिक कार्यकर्तालाई बजेट पक्षपोषण गरेर दुरुपयोग हुने सम्भावना बढी छ।'

प्रधानमन्त्रीले सिंहदरबारमा बजेट राख्दा लक्षित समूह लाभान्वित नहुने र सरकारी लक्ष्यअनुसार रोजगारी तथा उत्पादन पनि नबढ्ने भन्दै उनले थपे, 'यो बजेटको संरचनाले सिंहदरबारको शक्ति कसरी गाउँमा पुग्ला?' 

Xtrem

Xtrem

अर्थविद् विष्टले विगतका नजीर हेर्दा यसपालीको प्रधानमन्त्री रोजगार कार्यक्रम र कृषि परियोजना पनि कार्यकर्तामा दुरुपयोग हुने खतरा रहेकाले यसप्रति प्रश्नचिह्न उठेको बताए।  

'प्रधानमन्त्रीको काम नेतृत्व दिने हो, बजेट बाँडफाँट होइन'

पूर्व अर्थमन्त्री डा रामशरण महतले प्रधानमन्त्री कार्यालयले योजना/परियोजनाको नाममा बजेट राख्न नहुने बताएका छन्। 

महतले आगामी आर्थिक बर्षको लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिपद्लाई धेरै बजेट छुट्याएको बताएका छन्। यसपटक कुल बजेटको करिब ११ प्रतिशत बजेट प्रधानमन्त्री कार्यालयलाई छुट्याइनु गलत सुरुवात भएको उनले औंल्याए।

सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लक्षित गर्दै उनले भने, ‘प्रधानमन्त्रीको काम सही नेतृत्व दिने हो, बजेट बाँडफाँट गर्ने होइन।’

उनले प्रधानमन्त्री मातहतमा कुनै पनि योजना राख्न नहुने बताउँदै यसपटकको बजेटमा सरकारको लक्ष्य र बजेटको तारतम्य नमिलेको टिप्पणी गरे।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्