काठमाडौं– नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले अर्थमन्त्रीले निजी क्षेत्रलाई धम्क्याउने काम गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नयाँ आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै सांसद विश्वकर्माले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुको साटो अर्थमन्त्रीले धम्क्याउने काम गरेको आरोप लगाए। बजेटमा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन नगरेर सहकारीलाई प्राथमिकता दिएका अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा औलो ठड्याएर व्यवसायीलाई धम्क्याउने गरेको बताए।
उनले निजी क्षेत्रलाई लगानीको प्रोत्साहन नदिई सहकारीलाई प्राथमिकता दिएर सरकारले कार्यकर्ता पोस्ने काम गरेको तर्क गरे। उनले बजेट हावादारी भएको भन्दै कार्यान्वयन हुन नसक्ने ठोकुवा समेत गरे।
सांसद विश्वकर्माले तीन तहको स्वायत्त सरकार निर्माण भइसकेको अवस्थामा ती सरकारलाई मातहतका निकाय ठानी मुस्किलले ३० प्रतिशत मात्रै बजेट मात्रै विनियोजन गरिनु संविधान र संघीयताको भावना विपरीत भएको टिप्पणी गरे। 8वाद उन्मुख अर्थनीति तयार गर्ने भनिए पनि उत्पादनमा प्राथमिकता नदिई लगातार बाँड्ने नीति अवलम्बन गरिएको उनको तर्क थियो।
कमाउनेसँग प्रशस्त कर लिएर कमाउन नसक्नेलाई सामाजिक सुरक्षा मार्फत भत्ता वितरण गर्नु 8वाद उन्मुख अर्थनीति हुने भन्दै उनले उत्पादनमा प्राथमिकताबिनाको बाँड्ने नीतिले मुलुकको अर्थतन्त्र धरापमा परेको 8वाद उन्मुख हुने टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।