काठमाडौं– फिल्म ‘पण्डित बाजेको लौरी’ को पहिलो गीत सार्वजनिक भएको छ। मिना निरौला र श्रीकृष्ण बम मल्लको आवाजमा रहेको ‘चोली तुना’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।
कृष्ण केसीको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ।
दीपक वोलीले निर्देशन गरेको फिल्ममा सन्ध्या केसी, प्रमोद अग्रहरी, मरिश्का पोख्रेल, प्रविन खतिवडा, विजय बराल, भोलाराज सापकोटा, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ।
फिल्ममा महेश दवाडीको कथा छ भने विदुर पाण्डेले छायांकन गरेका हुन्। फिल्म साउन ४ गतेबाट प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।