काठमाडाैं- भारतकाे महाराष्ट्र राज्यस्थित नासिकमा लागुऔषध सेवन गरिरहेका ४ बलिउड कलाकारसहित २२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
इगतपुरीमा रहेको एक घरमा पार्टी गरिरहेकाे अवस्थामा १० पुरुष र १२ महिलालाई पक्राउ गरिएकाे हाे।
प्रहरीका अनुसार पक्राउ परेका ४ जना फिल्म उद्योगमा काम गर्छन् र तीमध्ये एकले टिभी रियलिटी शो बिग बाेशमा पनि भाग लिएका थिए।
उनीहरुकाे साथबाट लागुऔषध र नगद पनि बरामद गरेको प्रहरीले जनाएकाे छ।
समाचार एजेन्सी एएनआईका अनुसार सबै २२ जनालाई हिरासतमा लिएपछि नासिक प्रहरीले उनीहरूको मेडिकल टेस्ट पनि गराइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।