काठमाडाैं- करिब दुई महिना पछि सञ्चालन हुन लागेकाे आन्तरिक उडानमा कोटा प्रणाली लागू हुने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक घण्टामा टंक रुटमा उडान हुने ठूला जहाजको ५ र स्टलमा उडान हुने सानो जहाजको ३ उडान गर्ने गरी तालिका तय गरेको हाे।
सोही अनुसार विमान कम्पनीहरुले तालिका अनुसार उडान तयारी गर्न कार्यालयले आग्रह गरेकाे छ।
जसमा सबैभन्दा बढी उडान बुद्ध एयरले गर्न पाउने छ। बुद्धले ३१ उडान पाउँदा यतीले १५, श्रीले ७ र सौर्यको ३ उडान पाउने छ।
यसैगरी, साना जहाज तथा स्टल उडानको हकमा भने ताराले ३, सिताले ३, समिटले ३ र नेपाल एयरलाइन्सले ३ वटा उडान पाउने छन्।
सोही अनुसार एयरलाइन्स कम्पनीले पनि टिकट बुकिङ शुरु गरेको छन्। उडान भने असार १७ गतेबाट शुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।