काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी ग्रहण गर्दै मन्त्री लिलानाथ श्रेष्ठले नेपाल वायुसेवा निगमलाई घाटामुक्त बनाउने गरी काम गर्न निर्देशन दिएका छन्।
आइतबार पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले निगम घाटामा जानुको कारण के हो ? त्यसको उजागर गरी घाटामुक्त गर्न निर्देशन दिएका हुन्।
गत आर्थिक वर्ष ७६/०७७ मा मात्रै निगमले झन्डै ४ अर्ब नोक्सानी व्यहाेरेकाे थियाे।
यसैगरी, नेपाली वायुसेवा कम्पनीहरु माथि युरोपियन युनियनको कालो सूचीलाई हटाउने गरी आवश्यक काम गर्नसमेत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उनले निर्देशन दिए।
यता, कपिलबस्तुस्थित प्राचिन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गर्नका लागि प्राचिन स्मार ऐन, २०१३ को दफा ३ अनुसारको संरक्षित स्मारक क्षेत्र घोषणा गर्न प्रारम्भिक कार्य अगाडि बढाउनसमेत मन्त्री श्रेष्ठले निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।