काठमाडौं- अधिवक्ता याेगेन्द्र अधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश जारी नभए प्रधानमन्त्री ओलीले फेरि अर्को जालझेल गर्ने तर्क गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई अस्वीकार गर्ने निर्णय बदर गरि उनलाई प्रधानमन्त्रीको शपथ गराउन भन्नुपर्ने बताए।
'मलाई विश्वासकाे मत छैन। मार्ग प्रशस्त गरेँ भन्ने अनि काेभिड महामारीकाे समयमा २१ घण्टा समय दिएर दाबी पेस गर्न भन्नु नै गलत थियाे। संविधानकाे धारा ७६ काे ५ काे सरकारले मात्र विघटन गर्न पाउछ अरु धाराले पाउँदैन', उनले भने, 'प्रधानमन्त्रीकाे रुपमा देउवा नियुक्त नभएमा फेरि पनि जालझेल हुन्छ।अदालतमै आउनुपर्ने अवस्था आउँछ। त्यसैले परामदेश जारी हुनुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।