काठमाडौं- वरिष्ठ अधिवक्ता यदुनाथ खनालले राष्ट्रपति र प्रधानमन्त्री मिलेर झेली खेल खेलेको तर्क गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिले प्रधानमन्त्रीमा परेका दुवै दाबी खारेज गर्न लिइएका आधारहरू नै गलत रहेका बताए।
'धारा ७६ अनुसार १, २, ३, ५ फरक-फरक उपधारा हाे। यो त लेखनाथ पाैड्यालको 'मैं खाउँ मैं लाउँ' भन्ने कविता जस्तो भयाे', खनालले भने।
उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर झेली खेल खेल्दै ओलीले प्रतिनिधि सभा विघटन गरेकाे बताए। 'सबै धाराहरू ओलीका लागि मात्र राखिएकाे हाेइन नि! संविधान लेख्दा त्यसरी लेखिएकाे होइन', खनालले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।