काठमाडौं- अधिवक्ता भीमार्जुन आचार्यले केपी शर्मा ओली मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने तरवले राष्ट्रपति र प्रधानमन्त्री ओली लागिरहेको तर्क गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले संविधानले केपी ओली मात्र प्रधानमन्त्री हुनुपर्ने नभनेको तर्क गरे। तर, अहिले अभ्यास यही भइरहेको उनको भनाइ छ।
'७६ (५) मा दाबी गर्न प्रधानमन्त्री पद रिक्त हुनै पर्छ। धारा ७६ (४) र धारा ७७ दुवै प्रक्रिया नगरी, पद रिक्त नगरी बदनियतका साथ नयाँ सरकार गठनकाे आह्वान भयाे', आचार्यले भने, 'एउटै कार्यकालमा संविधानकाे धारा ७६ काे सबै उपधारा अनुसार एउटै व्यक्ति केपी ओली मात्र प्रधानमन्त्री बन्ने कल्पना गरेकाे छैन। तर, अहिले अभ्यास यही भइरहेकाे छ।'
उनले सांसदहरुले स्वविवेकी अधिकार प्रयोग गरेर उपचार ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए।
'ह्विपविरुद्व मतदान गरेमा मात्र सांसदहरुलाई कारबाही गर्ने हाे। राष्ट्रपतिले कसरी शेरबहादुर देउवालाइ हस्ताक्षर गर्ने सांसदलाई कारबाही हुने आधार लिएर अस्वीकार गर्न सक्नु भयाे?', आचार्यले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।