गाँउमा डोजर आयो र समृद्धि आयो
पोहोर बारी बगायो अहिले घर बगायो।।
दुई भाइ छोरा मलेसिया पठाएदेखि त
आज गरिबले नि झुपडीमा टिन छायो।।
भाषण सुनेर ताली मात्रै के पिटेकोथ्यो
सब तपाईंकै लागि हो आश्वासन पायो।।
बल्ल-बल्ल गाउँ छिरेको सिंहदरबारले
भटमास अनि गुन्द्रुकमा पनि कर लायो।।
एकछाक मासु खान रहर गर्यो गरिबले
ऋण थप्यो दसैंले र झन कंगाल बनायो।।
गाउँमा डोजर आयो र त समृद्धि आयो
पोहोर बारी बगायो, अहिले घर बगायो।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।