काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, चितवनका एक कर्मचारीलाई ३५ हजार घुस रकमसहित पक्राउ गरेको छ।
कार्यालय सहयोगी शंकरप्रसाद धिताललाई आयोगले बिहिबार पक्राउ गरेको हो।
उनले लालपुर्जा र फिल्डको क्षेत्रफल मिलान गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएका थिए।
आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिइ गएको टोलीले धिताललाई कार्यालयबाटै पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।