काठमाडौं– संघीय 8वादी फोरम नेपालको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिहान ८ बजेदेखि बसिरहेको छ। सरकारमा जाने २ मन्त्रीको नाम टुंगो लगाउन बैठक बसिरहेको हो।
हिजो बसेको संसदीय दलको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको थियो। तर, सरकारमा जाने मन्त्रीहरुको नाम भने टुंगो लगाउन सकेको थिएन। फोरमबाट २ मन्त्री र १ राज्यमन्त्री सरकारमा सहभागी हुनेछन्। स्वास्थ्य र सहरी विकास मन्त्रालयमा फोरमले मन्त्रीको टुंगो लगाउनुपर्ने छ।
बैठकले मन्त्रीको टुंगो लगाएपछि बिहान ११ बजे अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।