• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

'बडी सेमिङ'को प्रतिशोधमा ‘स्टार’ बनेकी सम्झना शरीरकै कारण हराइन्

64x64
पुष्पा थपलिया आइतबार, असार १३, २०७८  ०७:००
1140x725

काठमाडौं- काठमाडौंमै जन्मिएकी सम्झना सानैदेखि चञ्‍चल स्वभावकी थिइन्। नाच्‍न भनेपछि हुरूक्कै हुन्थिन्। सानैदेखि आमाको साडी लगाउन मनपर्थ्यो उनलाई। मेकअप गर्न, ऐना हेरेर नाच्‍न रूचाउने उनी आफूलाई सानोमा सबैले ‘नक्कली’ भन्‍ने गरेको सम्झन्छिन्।

सानैदेखि नाच्‍न मन पराउने सम्झना बुढाथोकीले विस्तारै यसै क्षेत्रतिर पाइला सारिन्। उनले विभिन्‍न गीतमा कोरस नृत्य गर्न थालिन्। उनको रूचि यही क्षेत्रमा देखेर उनलाई चिनेजानेका मानिसले टीभी सिरियलमा काम गर्ने अफर गरे। उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘चेतना’ नामको टेलिसिरियलमा समेत काम गरिन्।

उनको अभिनयलाई सबैले मन पराए। त्यही बेलातिर उनले सिउँदोको सिन्दुर, नौ डाँडा पारी लगायतका फिल्ममा मुख्य भूमिकामा अभिनय पनि गरिन्। फिल्ममा ‘साइन’ गराउन निर्माता निर्देशकको लर्को थियो। उनले आठदेखि नौ वटा फिल्ममा सम्झौता पनि गरेकी थिइन्। तर, उनको जिन्दगीमा एउटा दुःखद् घटना घट्यो।

त्यो दिन स्टेजमा नाच्‍ने कार्यक्रम थियो। कार्यक्रम निकै सफल भयो। रातको ९ बजेतिर बल्ल कार्यक्रमस्थलबाट घर जाने समय भयो। उनका गुरूसमेत रहेका जगत गुरुङले बाइकमा घर छाडिदिने भए। 

बाइकमा बस्दा विपरीत दिसाबाट आइरहेको कारले हान्यो। महाराजगञ्जको चोकनेर भएको दुर्घटनाको उनलाई केही याद छैन। उनले भनिन्, ‘कति सम्झने कोसिस गर्छु तर, सम्झन सक्दिन।’

उनले त्यो कार्यक्रमभर के-के गरेको भन्‍ने पनि भुलेको बताइन्। ‘साथीहरूले त्यो दिन यस्तो गरेकी थिइस्, उस्तो गरेकी थिइस् भन्छन् तर मलाई याद छैन,’ उनले भनिन्।

होस आउँदा उनी सानो बालकजस्तै बनेकी थिइन्। बोलीसमेत तोते थियो। ‘नेपाली फिल्म क्षेत्रका सम्पूर्ण कलाकारले अस्पतालमा आएर सहयोग गरेका थिए रे, तर मलाई केही याद छैन,’ उनले भनिन्। उनी १६ दिनजति कोमामासमेत पुगिन्। यसबाट मूक्त हुन उनलाई वर्षौं लाग्यो।

०००

nimb
nimb
Ncell 2
Ncell 2

सम्झना पूर्णरूपमा स्वस्थ हुँदा, शरीर पहिलेजस्तो दुब्लो थिएन। शरीरका विभिन्‍न भागमा बोसोले साम्राज्य जमाएको थियो। उनी १०० केजीभन्दा माथिको तौलमा पुगेकी थिइन्।

सानैदेखि नाच्‍न भनेपछि हुरुक्क हुने सम्झनाले शरीर मोटो हुँदा पनि हिम्मत हारिनन्। उनी विभिन्‍न कार्यक्रममा पुगेर नाच्‍न थालिन्। विस्तारै मानिसहरूले मोटो शरीर लिएर पनि हल्का तरिकाले नाच्‍ने भनेर चिन्‍न थाले। 

उनको अनुहारको भावभंगी, चालढाल र नृत्यलाई सबैले मन पराए। तर, उनको शरीरलाई कसैले सजिलो रूपमा स्वीकार्न सकेन। उनले सुन्‍ने गरेरै मानिसहरू ‘सबै राम्रो, तर शरीरचाहिँ अलि भएन’ भन्‍ने प्रतिक्रिया दिन्थे।

आफ्नै फिल्डका केही महिला साथीहरूले समेत उनको शरीरलाई लिएर नमिठो प्रतिक्रिया दिन्थे। यस्ता प्रतिक्रियाले उनलाई नमिठोसँग चिमोट्थ्यो। सम्झनाले भनिन्, ‘त्यो समयमा उमेर थियो, आत्मवल थियो, आएका नराम्रा कमेन्टले ऊर्जा दियो।’

त्यही ऊर्जा प्रयोग गरेर शरीर घटाउने अभियानमा लागिन्।

अहिले उनी रेन्टल बुटिक चलाउँछिन्। उनको बुटिकमा सुटिङका लागि चाहिने कपडा भाडामा पाइन्छ। आफू पर्दा अगाडि नदेखिए पनि पर्दा पछाडिबाट मनोरञ्जनकै क्षेत्रमा रहेको उनको ठम्याइ छ।

उनले त्यो बेलाको दैनिकी सम्झँदै भनिन्, ‘म बिहान ४ बजे उठेर १० बजेसम्म निरन्तर व्यायम गर्थें।  छ महिना जति खाना पूर्णरूपमा बन्द गरें। काँक्रो खाँदा पनि पेट ठूलो होला भनेर डर लाग्थ्यो।

उनी कडा ‘डाइट’ गरिरहेका बेला प्रहरीमासमेत कार्यरत थिइन्। त्यो समयबारे उनले भनिन्, ‘नूनिलो खान मनलाग्दा नून चाटेर समेत बसेकी छु।’

यही कडा मेहनतले उनी छ महिनामा ४९ किलोमा झर्न सफल भइन्। उनी दुब्लो भइन्, म्युजिक भिडियोको अफर आउन थाल्यो। मोडल शंकर बीसीले सुपारी चाम्रो बोलको लोकदोहोरी गीतमा अफर दिए। त्यहीँबाट उनले लालुपाते नुग्यो भुँइतिर, नआउ है सानु पधेंरीमा लगायतका चर्चित म्युजिक भिडियोमा काम गरिन्। 

मनोरञ्जन क्षेत्रमा उनको चर्चा दिनदिनै बढ्दै गयो। उनले भनिन्, ‘दुइटा डुंगामा खुट्टा राख्दा दुर्घटनामा परिएला भनेर मैले एउटा रोज्नुपर्ने थियो। कि नृत्य, कि पुलिस फोर्स। उनले पुलिस फोर्स त्यागिन् र मनोरञ्जन क्षेत्रलाई अँगालिन्।

मोडल शंकर बीसी र उनलाई रिलको सुपरहिट जोडी मानेर सबैले माया गरे। यी दुई जोडीको माग नेपाली लोकदोहोरी गीतमा सबैभन्दा उच्च थियो। म्युजिक भिडियोमा चर्चा कमाएको छोटो समयमै फेरि सम्झना हराइन्। लामो समयपछि सामाजिक सञ्जाल टिकटकमा झुल्किएपछि उनको खोजी हुनथाल्यो।

भाँचिएला जस्तो शरीर भएकी सम्झना अहिले देखिँदा फेरि पुरानै अवस्थामा फर्किएकी थिइन्। स्वास्थ्यमा आएको समस्याका कारण आफू पुनः मोटोपनाको शिकार बन्‍नुपरेको उनको भनाइ छ। उनको अनुहार हेरेर फ्यानले चिन्दैनन्, तर हँसाइ र गालामा भएको कोठीले अनुमान लगाउँछन्।

अहिले उनी रेन्टल बुटिक चलाउँछिन्। उनको बुटिकमा सुटिङका लागि चाहिने कपडा भाडामा पाइन्छ। आफू पर्दा अगाडि नदेखिए पनि पर्दा पछाडिबाट मनोरञ्जनकै क्षेत्रमा रहेको उनको ठम्याइ छ।

लामो समयपछि उनले केही म्युजिक भिडियोमा काम गरे पनि दर्शकको नजरमा भने परेकी छैनन्। गरेका कामले खासै चर्चा नकमाएपछि अफर कम आउने र आफू पनि सुहाउँदो भूमिकामा मात्रै देखिन रूचाउने भएकाले काम कम भएको उनको भनाइ छ। ‘आफू यति भारी छु, भाँचिएला जस्तो केटोसँग भिडियो खेल्ने अफर आउँदा कसरी स्वीकार गर्नु?,’ सम्झनाले भनिन्।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
भारतीय गायिका आशा भोसलेको निधन मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् । आइतबार, चैत २९, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
ताजा समाचारसबै
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ आइतबार, जेठ १७, २०८३
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए आइतबार, जेठ १७, २०८३
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
आफ्नो अधिकार सुरक्षित नभएसम्म अमेरिकासँग कुनै सम्झौता नगर्ने इरानको अडान आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्