• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

'बडी सेमिङ'को प्रतिशोधमा ‘स्टार’ बनेकी सम्झना शरीरकै कारण हराइन्

64x64
पुष्पा थपलिया आइतबार, असार १३, २०७८  ०७:००
1140x725

काठमाडौं- काठमाडौंमै जन्मिएकी सम्झना सानैदेखि चञ्‍चल स्वभावकी थिइन्। नाच्‍न भनेपछि हुरूक्कै हुन्थिन्। सानैदेखि आमाको साडी लगाउन मनपर्थ्यो उनलाई। मेकअप गर्न, ऐना हेरेर नाच्‍न रूचाउने उनी आफूलाई सानोमा सबैले ‘नक्कली’ भन्‍ने गरेको सम्झन्छिन्।

सानैदेखि नाच्‍न मन पराउने सम्झना बुढाथोकीले विस्तारै यसै क्षेत्रतिर पाइला सारिन्। उनले विभिन्‍न गीतमा कोरस नृत्य गर्न थालिन्। उनको रूचि यही क्षेत्रमा देखेर उनलाई चिनेजानेका मानिसले टीभी सिरियलमा काम गर्ने अफर गरे। उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘चेतना’ नामको टेलिसिरियलमा समेत काम गरिन्।

उनको अभिनयलाई सबैले मन पराए। त्यही बेलातिर उनले सिउँदोको सिन्दुर, नौ डाँडा पारी लगायतका फिल्ममा मुख्य भूमिकामा अभिनय पनि गरिन्। फिल्ममा ‘साइन’ गराउन निर्माता निर्देशकको लर्को थियो। उनले आठदेखि नौ वटा फिल्ममा सम्झौता पनि गरेकी थिइन्। तर, उनको जिन्दगीमा एउटा दुःखद् घटना घट्यो।

त्यो दिन स्टेजमा नाच्‍ने कार्यक्रम थियो। कार्यक्रम निकै सफल भयो। रातको ९ बजेतिर बल्ल कार्यक्रमस्थलबाट घर जाने समय भयो। उनका गुरूसमेत रहेका जगत गुरुङले बाइकमा घर छाडिदिने भए। 

बाइकमा बस्दा विपरीत दिसाबाट आइरहेको कारले हान्यो। महाराजगञ्जको चोकनेर भएको दुर्घटनाको उनलाई केही याद छैन। उनले भनिन्, ‘कति सम्झने कोसिस गर्छु तर, सम्झन सक्दिन।’

उनले त्यो कार्यक्रमभर के-के गरेको भन्‍ने पनि भुलेको बताइन्। ‘साथीहरूले त्यो दिन यस्तो गरेकी थिइस्, उस्तो गरेकी थिइस् भन्छन् तर मलाई याद छैन,’ उनले भनिन्।

होस आउँदा उनी सानो बालकजस्तै बनेकी थिइन्। बोलीसमेत तोते थियो। ‘नेपाली फिल्म क्षेत्रका सम्पूर्ण कलाकारले अस्पतालमा आएर सहयोग गरेका थिए रे, तर मलाई केही याद छैन,’ उनले भनिन्। उनी १६ दिनजति कोमामासमेत पुगिन्। यसबाट मूक्त हुन उनलाई वर्षौं लाग्यो।

०००

Ncell 2
Ncell 2
nimb
nimb

सम्झना पूर्णरूपमा स्वस्थ हुँदा, शरीर पहिलेजस्तो दुब्लो थिएन। शरीरका विभिन्‍न भागमा बोसोले साम्राज्य जमाएको थियो। उनी १०० केजीभन्दा माथिको तौलमा पुगेकी थिइन्।

सानैदेखि नाच्‍न भनेपछि हुरुक्क हुने सम्झनाले शरीर मोटो हुँदा पनि हिम्मत हारिनन्। उनी विभिन्‍न कार्यक्रममा पुगेर नाच्‍न थालिन्। विस्तारै मानिसहरूले मोटो शरीर लिएर पनि हल्का तरिकाले नाच्‍ने भनेर चिन्‍न थाले। 

उनको अनुहारको भावभंगी, चालढाल र नृत्यलाई सबैले मन पराए। तर, उनको शरीरलाई कसैले सजिलो रूपमा स्वीकार्न सकेन। उनले सुन्‍ने गरेरै मानिसहरू ‘सबै राम्रो, तर शरीरचाहिँ अलि भएन’ भन्‍ने प्रतिक्रिया दिन्थे।

आफ्नै फिल्डका केही महिला साथीहरूले समेत उनको शरीरलाई लिएर नमिठो प्रतिक्रिया दिन्थे। यस्ता प्रतिक्रियाले उनलाई नमिठोसँग चिमोट्थ्यो। सम्झनाले भनिन्, ‘त्यो समयमा उमेर थियो, आत्मवल थियो, आएका नराम्रा कमेन्टले ऊर्जा दियो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यही ऊर्जा प्रयोग गरेर शरीर घटाउने अभियानमा लागिन्।

अहिले उनी रेन्टल बुटिक चलाउँछिन्। उनको बुटिकमा सुटिङका लागि चाहिने कपडा भाडामा पाइन्छ। आफू पर्दा अगाडि नदेखिए पनि पर्दा पछाडिबाट मनोरञ्जनकै क्षेत्रमा रहेको उनको ठम्याइ छ।

उनले त्यो बेलाको दैनिकी सम्झँदै भनिन्, ‘म बिहान ४ बजे उठेर १० बजेसम्म निरन्तर व्यायम गर्थें।  छ महिना जति खाना पूर्णरूपमा बन्द गरें। काँक्रो खाँदा पनि पेट ठूलो होला भनेर डर लाग्थ्यो।

उनी कडा ‘डाइट’ गरिरहेका बेला प्रहरीमासमेत कार्यरत थिइन्। त्यो समयबारे उनले भनिन्, ‘नूनिलो खान मनलाग्दा नून चाटेर समेत बसेकी छु।’

यही कडा मेहनतले उनी छ महिनामा ४९ किलोमा झर्न सफल भइन्। उनी दुब्लो भइन्, म्युजिक भिडियोको अफर आउन थाल्यो। मोडल शंकर बीसीले सुपारी चाम्रो बोलको लोकदोहोरी गीतमा अफर दिए। त्यहीँबाट उनले लालुपाते नुग्यो भुँइतिर, नआउ है सानु पधेंरीमा लगायतका चर्चित म्युजिक भिडियोमा काम गरिन्। 

मनोरञ्जन क्षेत्रमा उनको चर्चा दिनदिनै बढ्दै गयो। उनले भनिन्, ‘दुइटा डुंगामा खुट्टा राख्दा दुर्घटनामा परिएला भनेर मैले एउटा रोज्नुपर्ने थियो। कि नृत्य, कि पुलिस फोर्स। उनले पुलिस फोर्स त्यागिन् र मनोरञ्जन क्षेत्रलाई अँगालिन्।

मोडल शंकर बीसी र उनलाई रिलको सुपरहिट जोडी मानेर सबैले माया गरे। यी दुई जोडीको माग नेपाली लोकदोहोरी गीतमा सबैभन्दा उच्च थियो। म्युजिक भिडियोमा चर्चा कमाएको छोटो समयमै फेरि सम्झना हराइन्। लामो समयपछि सामाजिक सञ्जाल टिकटकमा झुल्किएपछि उनको खोजी हुनथाल्यो।

भाँचिएला जस्तो शरीर भएकी सम्झना अहिले देखिँदा फेरि पुरानै अवस्थामा फर्किएकी थिइन्। स्वास्थ्यमा आएको समस्याका कारण आफू पुनः मोटोपनाको शिकार बन्‍नुपरेको उनको भनाइ छ। उनको अनुहार हेरेर फ्यानले चिन्दैनन्, तर हँसाइ र गालामा भएको कोठीले अनुमान लगाउँछन्।

अहिले उनी रेन्टल बुटिक चलाउँछिन्। उनको बुटिकमा सुटिङका लागि चाहिने कपडा भाडामा पाइन्छ। आफू पर्दा अगाडि नदेखिए पनि पर्दा पछाडिबाट मनोरञ्जनकै क्षेत्रमा रहेको उनको ठम्याइ छ।

लामो समयपछि उनले केही म्युजिक भिडियोमा काम गरे पनि दर्शकको नजरमा भने परेकी छैनन्। गरेका कामले खासै चर्चा नकमाएपछि अफर कम आउने र आफू पनि सुहाउँदो भूमिकामा मात्रै देखिन रूचाउने भएकाले काम कम भएको उनको भनाइ छ। ‘आफू यति भारी छु, भाँचिएला जस्तो केटोसँग भिडियो खेल्ने अफर आउँदा कसरी स्वीकार गर्नु?,’ सम्झनाले भनिन्।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्